सुनसरी गढी गाउँपालिका वडा न. ६ मा मङ्सिर १६ गते हुन गइरहेको आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने आकांक्षीहरुको चार पक्षिय प्रतिष्पर्धा हुने भएको छ।
बिगत लामो समयदेखि स्थानिय नागरिकहरुलाई झुटा आश्वासन बाडी नागरिकको जिवनस्तर उकास्न पहल नगर्ने पुराना दलहरुको रबैया चिर्नको लागि भनेर राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फ बाट चुनाव चिन्ह घन्टी मार्फत रिक्त रहेको वडा अध्यक्षमा उम्मेदवारी दिने हरुमा पुर्ब प्रहरी निरिक्षक अबधलाल यादब, स्वास्थ्य प्राबिधिक प्रदिप कुमार राय, युवा इन्जिनियरहरू शाशी कुमार साहु र श्यामलाल मन्डल सम्मको उम्मेदवारी परेको हुनाले रास्वपा नेतृत्वलाई उम्मेदवार छनौट गर्ने हम्मे हम्मे परेको छ। पार्टीको प्राबधान अनुसार सबै आकांक्षी उम्मेदवार हरुलाई आन्तरिक मतदान प्रक्रिया मा सहभागी गराएर स्थनिय पार्टी प्रतिनिधि हरु माझ नै मतदान गराइ लोकप्रिय उम्मेदवार छनौट गरिने सुनसरी जिल्ला संयोजक जीवन कुमार श्रेष्ठले बताउनु भयो।
आज गढी गाउपालिका वडा न ६ मा माननीय अशोक कुमार चौधरी, केन्द्रिय सदस्य निशा मेहता, कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनाली, प्रदेश समिति सदस्य देबराज अधिकारी, प्रदेश संगठन सचिव निरज कटुवाल, प्रदेश महिला बिभाग सदस्य राधिका थापा, जिल्ला संयोजक जीवन कुमार श्रेष्ठ, निर्वाचन क्षेत्र समिती सचिव राजाराम मेहता, गढी गाउपालिका वडा न. ६ संयोजक प्रदिप राय, स्थानिय बुद्धिजीवी डा. राज कुमार यादव, स्वास्थ्यकर्मी लगायत उपस्तिथ सयौ स्थानिय हरुका माझ सम्पन्न एक कार्यक्रममा आउदो निर्वाचनका लागि उम्मेदवारी आव्हान तथा छनौट कार्यहरु सम्पन्न भएको छ।