काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बुधबार भएको बस दुर्घटनामा घाइते ४३ जनामध्ये २७ जना उपचारपछि घर फर्किएका छन्। दुर्घटनामा परी सत्यसाई एकेडेमीका तीन विद्यार्थीको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार नगरकोटबाट पिकनिक सकेर फर्किंदै गर्दा बा २ ख ७९५८ नम्बरको बस सडकबाट करिब २० फिट तल खसेको थियो। दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २३ वर्षीय सुरेश तामाङ, र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ का १४ वर्षीय सुशांक डोटेलको ज्यान गएको हो।
गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र सुशांकको शंखरापुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
हाल दुई जनाको केएमसी अस्पतालमा, नौ जनाको एनएमसी अस्पतालमा, एक जनाको मेडिसिटी अस्पतालमा, दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा, एक जनाको हेल्पिङ हेन्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ। दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता