पोखराको फेवातालको सिरान भाग फेवाफाँट र लौरुक क्षेत्रमा यति वेला विभिन्न १५ देशका रंगि बिरङगी बेलुन उड्नाले पर्यटकलाई आकर्षण गरेको छ ।
पर्यटनको राजधानि पोखरामा मंगलबारदेखि सुरु भएको बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ मा १५ देशका बेलुन पाइलटहरुले पोखराको आकाशमा बेलुन उडान गर्दा सो क्षेत्रमा पर्यटकहरुलाई आकर्षण गरेको हो ।
पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा उक्त महोत्सव सुरु भएको हो । ९ दिन संचालन हुने महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागि भएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले बताउनु भयो । पोखराको आकाशमा एकै पटकमा १७ वटा हर्ट एयर बेलुन आजबाट उड्न सुरु भएको अध्यक्ष वाडेले जनाउनुभयो । पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजना हुने महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरुको सहभागि हुने भएको आयोजकले जनाएको छ । नेपालमा पहिलो पटक आयोजना भएको उक्त महोत्सवको स्थानिय संयोजकको रुपमा फेवा क्लब रहेको छ भने महोत्सव पोखरा २३ र २४ मा पर्ने फेवाफाँटमा हुदै छ भने बिहानको बेलुन उडान लौरुकबाट हुदैछ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको महोत्सवमा नेपालका चर्चीत राष्टिय देखि स्थानिय कलाकारको प्रस्तुती हुने भएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
महोत्सव अवधिमा बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म र बेलुका ४ः०० बजे देखि ०६ः०० बजे सम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान गर्नुहुने छ भने बेलुका ७ः०० बजे देखि ०८ः०० बजे सम्म बेलुन नाईट ग्लोः गरिने भएको प्रतियोगिताका संयोजक सविन मर्हजनले बताउनु भयो । उक्त महोत्सवमा डिहिकोपाटनवाट निःशुल्क सटल बसको व्यबस्था गरिएको उहाँले जनाउनु भयो । महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल समेत हुदै छ। महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कबिता नेपाली, काटुन क्रुज, बेली नृत्य लगायत थप स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने भएको परिषदका अध्यक्ष पहारीले जनाउनु भयो ।
महोत्सवको विशेष आकर्षणको रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडानः पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य, नाइट बेलुन ग्लोः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाण्डौंको कुमारी नृत्य र वर्ज योगीनी लगायतका कार्यकम प्रस्तुतः हुने भएको आयोजकले जनाएको छ । महोत्सवमा डिसेम्बर २४ देखि २६ तारिकसम्म विभिन्न व्याण्ड सहितको प्रस्तुती रहने भएको छ भने महोत्सवमा २७ देखि ३१ तरिखसम्म बेलुन उडान तथा विभिन्न सास्कृतिक कार्यक्रम हुने भएको छ। जनवरी १ तारिखमा सांगितीक कार्यक्रम प्रस्तुती सहित कार्यक्रम समापन हुनेछ । साथै महोत्सवमा विभिन्न खानाका परिकार सहितका अन्य केही स्टलहरु समेत रहने भएका छन् । बि. वाई.डी. को मुख्यः प्रायोजनमा हुने महोत्वसलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रबर्द्धकमा रहेका छन । बेलुका हुने कार्यक्रममा कुर्सिमा बसेर अवलोकनको लागि निश्चित शुल्क निर्धारण गरिएको छ भने खुल्ला रुपमा प्रबेश निशुल्क गरिएको अध्यक्ष वाडेले पोखरापत्रलाई बताए । बिहान व्यवसायी बेलुन उडान हुन्छ एक जना नेपाली पर्यटकहरुको शुल्क भने ११ हजार रुपैया लाग्ने कम्पनीले जनाएको छ । यसैबिच, यही पौष १७ गते (जनवरी १ तारिख) सम्म आयोजना हुने उक्त महोत्सवको एक समारोहका बिच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै प्रदेशको राजधानि पोखरामा साहासिक खेलकुदको केन्द्र नै भएको बताउनु भयो । पोखराको पर्यटन प्रबद्र्धनमा साहसिक खेलकुद गतिविधिले महत्वपूर्ण भुमिका खेल्दै आएको सन्र्दभमा पहिलो पटक आयोजना भएको अन्तराष्ट्रिय बेलुन महोत्सवले पोखराको साहसिक खेलकुद
को केन्द्र बनाउन एउटा इट्टा थप्ने बताउनु भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेले पोखरामा उक्त महोत्सवले आन्तरिक पर्यटकलाई आकर्षण गर्ने बताउनु भयो । उक्त महोत्सवका ब्राण्ड एम्बेसडर महानाय
क राजेस हमालले पोखराको पर्यटन प्रबद्र्धनमा हर्ट एयर बेलुन महोत्सव नयाँ गन्तव्य हुने बताउनु भयो । पोखराको फेवातालमा हुने डुंगा सयर देखि सुरु भएको साहसिक खेल गतिविधि हाल धेरै बढेको उहाँले दाबी गर्नु भयो । पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी समेत प्रर्दशन भएको परिषदका महासचिव जीवनराम सापकोटाले बताउनु भयो । पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा यस्ता महोत्सवले पोखराको पर्यटन क्षेत्रमा नयाँ ब्राण्ड थपिने हुदा यसलाई निरन्तरता दिन सुझाव दिनु भयो ।