काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय, सिंहदरबारप्लाजामा अवस्थित कल सेन्टरलाई २४ सैं घण्टा सञ्चालनमा ल्याएको छ। ग्राहकलाई थप सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले यो सुविधा सार्वजनिक गरेको हो।
बैंकको सेवा सम्बन्धी कुनै पनि जानकारी लिन ग्राहकले अब दिनरात टेलिफोन नम्बर ०१–५९७००१८ मा सम्पर्क गर्न सक्नेछन्। यस पहलले ग्राहकहरूको आवश्यकता अनुसार जुनसुकै समयमा सहायता प्राप्त गर्ने वातावरण सिर्जना गर्नेछ।
राष्ट्रिय वाणिज्य बैंकले गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा सुधार गर्दै ग्राहकलाई अझ राम्रो सेवा दिने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
बैंकको यो कदमले ग्राहक सन्तुष्टिलाई नयाँ उचाइमा पुर्याउने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
१६ असोज २०८१, बुधबार ११:१० मा प्रकाशित