Aama Darshan News |
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। मेयर बालेन्द्र साह (Balen Shah) नेतृत्वको कार्यपालिकाले यो बजेट महानगर सभामा पेश गरेको हो।
महानगरपालिकाको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सूचना प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ। सडक विस्तार, ढल व्यवस्थापन, डिजिटल सेवा प्रवर्द्धन, सरकारी विद्यालयमा स्मार्ट कक्षाकोठा निर्माण तथा सामुदायिक स्वास्थ्य सेवा सुधार जस्ता कार्यक्रमलाई बजेटमा समेटिएको छ।
बजेटका मुख्य अंशहरू:
•पूर्वाधार विकास: सडक, पुल, ढल तथा पार्क निर्माणमा ठुलो लगानी
• शिक्षा: सरकारी विद्यालय सुधार, स्मार्ट शिक्षा प्रणाली कार्यान्वयन
• स्वास्थ्य: सामुदायिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति
• फोहोरमैला व्यवस्थापन: सफा काठमाडौं अभियानलाई तीव्रता
• सूचना प्रविधि: डिजिटल प्रशासन र अनलाइन सेवा प्रणाली विकास
मेयर बालेन शाहले भने, “यो बजेट काठमाडौंलाई आधुनिक, सफा, हरित र प्रविधिमैत्री महानगर बनाउने दिशामा केन्द्रित छ।” बजेटमाथि छलफलपछि कार्यान्वयन योजना सार्वजनिक गरिने जनाइएको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता