— Aama Darshan News, काठमाडौं
काठमाडौँ / आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँको नक्सालस्थित पीस एम्बेसी बिल्डिङमा विशेष शान्ति साहित्यिक सभा तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा शान्तिका पक्षधर साहित्यकर्मीहरूद्वारा रचना वाचनसहित एक लाख एक रुपैयाँ राशिको ‘शान्ति साहित्यिक पुरस्कार’ घोषणा गरिएको हो।
कार्यक्रममा आयोजक संस्थाका दक्षिण एसिया निर्देशक एवं गीतकार कृष्ण बहादुर अधिकारी सेवकले उक्त पुरस्कारको घोषणा गर्दै आदिकवि भानुभक्त आचार्यको योगदान नेपाली भाषाको गौरव भएको बताए।
उनले भने, “भानु जयन्ती केवल जन्मजयन्ती होइन, नेपाली भाषाको गौरव गाउने महान दिन हो।”
उनका अनुसार नेपालदेखि दार्जिलिङसम्म नेपाली संस्कृति र भाषा गुञ्जायमान बनाइराख्ने परम्परामा भानुभक्तको योगदान अमूल्य छ।
अधिकारीले विश्व शान्तिका अभियन्ता डा. सन म्याङ मुन र डा. हाक जा हान मुनको प्रेरणाबाट आफुले साहित्यलाई शान्तिको सन्देश फैलाउने माध्यम बनाएको बताएका थिए। उनले नेपाली भाषा र साहित्यलाई विश्व साहित्यको हिस्सामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि भिम उप्रेती रहेका थिए भने, एच. बी. खत्रीले स्वागत मन्तव्य दिएका थिए।
कविता वाचन कार्यक्रममा सन्तोष कुमार पोखरेल, स्नेह सायमी, रञ्जना निरौला, कृष्ण बाउँस, भोजकुमार धमला, गंगा खतिवडा, दीप डाँगी, रिता खतिवडा, सुभाष सिंह पराजुली लगायतका १८ जना चर्चित स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए।
सञ्चालन कवि रुपसिंह भण्डारीले गरेका थिए भने समाजसेवी विनोद डाँगीले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा अधिकांश कविहरूले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक विसङ्गतिविरुद्ध आफ्ना सिर्जनामार्फत् गम्भीर भावना प्रस्तुत गरेका थिए।
✍️ Aama Darshan News Desk
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय