कुरा मातृत्वको

चुनावमा २० जना उम्मेदवारहरु विकासको लागि उठ्नु भएको छ । २० मध्ये १ छान्ने नै भएपछि उद्देश्य सबैको एउटै भएपछि गोलाप्रथाबाट १ जना छान्नौं र चुनावमा कस्ले कति खर्च गर्ने लक्ष्य लिएको छ त्यो संकलन गरि कीर्तिपुर विकासमा लगानी गरौं ।

त्यही अनुरुपको मुनाफा बाडौं । यसले एउटा कुराको शुद्ध के गर्छ भने भ्रष्टाचार कसैले गर्ने छैन् भने बेतुकको खर्च पनि हुनेछैन् । विचार यसरी पनि गरौं । एक आपसमा गाली र असन्तुष्टको कुरा पनि गर्नु पर्ने छैन् । दल र स्वतन्त्र बिच वितृष्णाको कुरा गर्नुपर्दैन् । ठेक्कापट्टा प्राप्त गर्न चन्दा पनि दिनुपर्दैन् भने विकासको लागि कमिसन पनि बाँड्नु पर्दैन् । मातृत्व शोषण विचारलाई हावी पनि गराउनु पर्दैन् भने विगतका कुरा वर्तमान बिगार्ने र भविष्य आफ्नै जन्मथलो अन्योल पनि बनाउनु पर्दैन् । कान भर्नेहरुको मेला चुनाव लाग्ने थिएन् । सर्पले डस्नेको उपचार तत्कालै होला तर सैद्धान्तिक दासत्वले तोक्ने र त्यसको उपचार हुन्न भने जन्मथलोमा पुरपुरो समाएर रुनु पनि पर्ने थिएन् । त्यस्तै कार्यकर्ता वा समर्थकहरुको लागि खर्च वा अन्यको कुनै जोगाड गर्नुपर्दैन् । आखिरमा जस्ले जति नै सेवाको कुरा गरेपनि इन्जिन इन्धनबाट मात्रै गुड्ने हो । पुण्यको चर्चा वा विश्लेषण गर्न वा गराउन पनि दानपेटी भर्नुपर्छ । आरती गर्न वा गराउन पनि तेल वा घ्युको व्यवस्थापन गर्नुपर्छ । अत: लामो विसंगति युक्त कुराहरू परित्याग गर्न वा गराउन वा अन्य समाधान वा व्यवस्थापन निर्माणसँगै समृद्धको कुरा स्वार्थले बिर्सिएर स्थापित गराउने हो भने होड त्यागेर जोड चुनाव मान्दै आक्रोश वा असन्तुष्टिबाट प्राप्तिको बाटो लामो हुन्न बुझेर आफ्नो उद्देश्य र लक्ष्यलाई लगानीमै समर्पित गरौं ।  कुरा जन्मथलो तर चलखेल बाहिर ज्यादै भो । यो कुरा हामीले कहिले बुझ्ने हो ? त्यसै त रोजगारी नभएको देशमा के भाषणबाजी मात्रै  गर्ने हो र ? अरुको कुरा मात्रै  सुन्ने हो कि आफ्नो बुझाई पनि सार्वजनिक गर्ने हो ? समय र परिस्थितिको विश्लेषण नगरी मै मात्र जित्छु भन्ने अहममा दासत्व स्विकारेर हामी नै जित्छौं भन्ने राजनीति कहिले गर्ने ? हामी आफैबाट टुक्रिएर  तिमी, म र उनी भएका हुन् कहिले बुझ्ने हो ?

प्रतिक्रिया