नेपाली माटोमा फलेको शिक्षा नेपाली माटोकै ज्ञान हो ।
शिक्षा केवल रोजिरोटी कमाउने आराधना होइन । यसलाई केवल जागिर, आम्दानी वा आर्थिक उन्नतिसँग मात्र जोडेर हेर्नु शिक्षाको वास्तविक उद्देश्यलाई सानो बनाउनु हो । शिक्षा त्यो उज्यालो हो जसले मान्छेलाई आफू को हो, समाज कस्तो हो, र जीवनको सही मार्ग कुन हो भन्ने बुझ्न मद्दत गर्छ ।
शिक्षाले सभ्यताको पहिचान गराउँछ । यसले इतिहास, संस्कृति, मूल्य र मान्यताहरूको बोध गराउँदै मान्छेलाई जिम्मेवार नागरिक बनाउँछ । शिक्षित हुनु भनेको केवल अक्षर चिन्नु होइन, व्यवहारमा शालीनता, सोचमा परिपक्वता र कर्ममा नैतिकता देखिनु हो । त्यसैले शिक्षा अर्थ मान्छेलाई “ सभ्य मान्छे” बनाउने प्रक्रिया हो ।
र ज्ञान आफैंमा शक्ति हो । तर त्यो ज्ञान प्रयोगमा आएन भने, त्यो केवल थुप्रिएको शब्दहरूको भण्डार मात्र हुन्छ । सिक्ने मान्छेले जुनसुकै परिस्थितिमा पनि शिक्षा भेट्न सक्छ । कहिले पुस्तकमा, कहिले अनुभवमा, कहिले असफलतामा शिक्षाले आफ्नो अनुहार देखाई रहन्छ । शिक्षा उज्यालोजस्तै हो जतिखेर पनि प्रयोग भईरहन्छ, चहकिलो बनिरहन्छ भने अन्धकार निस्तेज पारिरहन्छ । हाम्रो उद्देश लक्ष्य त्यस्तो शिक्षा खोज र सिकाइ हुनुपर्छ ।
अफसोच आजको सन्दर्भमा, हामीले शिक्षालाई केवल प्रमाणपत्र र पदवीमा सीमित गर्दै आएका छौं । जबकी ज्ञानलाई व्यवहारमा उतार्ने, समाजका समस्याहरू समाधान गर्ने र मानवताको उत्थान गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्छ जुन गर्ने लक्ष्य लिएका छैनौं । जब शिक्षाले व्यवहारमा रूपान्तरण ल्याउँछ तब मात्र त्यसको वास्तविक मूल्य देखिन्छ ।
अन्तमा, शिक्षा केवल कमाइको माध्यम होइन, यो जीवन जिउने कला हो, सभ्यता चिनाउने ऐना हो र उज्यालोतर्फ लैजाने मार्गदर्शक हो । ज्ञानलाई आत्मसात् गरेर त्यसको सही प्रयोग गर्न सके मात्र शिक्षाले आफ्नो पूर्ण अर्थ पाउँछ । हुन त नेपाल सरकारले दुई दिन विदा दिने र हप्तामा ५ दिन सरकारी कामकाज चलाउने लक्ष्य इन्धन अभावको कारक देखाउँदा स्कुल ३६५ दिनमा सबै विदा हटाउँदा ८६ दिन मात्र पठनपाठन हुने भन्ने तथ्य सार्वजनिक भएको छ । सरकारी कामकाज केही दिन बढी थपिएला यो अर्को पाटो हो तर शिक्षाको कुरा गर्दा ३६५ दिनमा ३६५ दिन नै घाम लाग्ने कुराको विचारलाई सर्वमान्य बनाउनुपर्छ । हरपल हमेशा सिक्ने र सिकाइ रहने व्यवहारतिर राज्य सत्ता र शिक्षक वर्गको निरन्तरता हुनुपर्छ । शैक्षिक ज्ञान त्यही ८६ दिनमा ५१ दिन र ३५ दिन त्यही शैक्षिक ज्ञानको प्रयोगात्मक ज्ञान दिए पुग्छ । २०५ दिनको लागि तोकिएको पाठ्यक्रम केवल अक्षर चिनाउने मात्र भयो भने त्यो शिक्षाले रोजगारी मात्रै खोज्छन भने शिक्षा व्यापारकै रुपमा समाजमा रोजझैं विद्यमान हुनेछन । र किन्नेले फेरि बेच्ने योजना नै बनाउँछ( मुनाफाको लागि जग्गा खरिद अनि पुन: बेच्नेजस्तै)। र यो भन्दा पहिलेको सरकारको पालामा भाषा शिक्षाबाट दक्ष जनशक्ति बेचिएजस्तै नहोस् । मास्टर डिग्री लिएर कोरियातिर खेतीपाती गर्न गएकोजस्तो नहोस् । अत: सरकारले आपतकालीन निर्णय लिएको भए पनि त्यसले निश्चित दिशा लिन सकोस् भन्ने सबैको कामना होस् । नेपाली माटोमा फलेको शिक्षा नेपाली माटोकै ज्ञान हो । शिक्षा, ज्ञानकै लागि होस् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर