सरकारद्वारा सातामा दुई दिन सार्वजनिक बिदा घोषणा



काठमाडौं — नेपाल सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।


सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार यो व्यवस्था सरकारी कार्यालय र शैक्षिक संस्थामा लागू हुनेछ।


शैक्षिक संस्था बाहेकका सरकारी कार्यालयहरूको कार्यसमय भने बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिनेछ।


इरानमा जारी द्वन्द्वका कारण इन्धन आपूर्ति प्रभावित भइरहेका बेला इन्धन खपत घटाउने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ। विश्वका विभिन्न देशहरूले पनि ऊर्जा बचतका लागि यस्तै उपायहरू अपनाइरहेका छन्।



प्रतिक्रिया