गायक विवेक श्रेष्ठले विद्यार्थीलाई सपना देख्न र पछ्याउन प्रेरित गरे
काठमाडौँ, २८ अक्टोबर २०२४ - कन्दरा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठले आज विश्वनिकेतन माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका क्रममा विद्यार्थिहरूलाई सपना देख्न र त्यसलाई पछ्याउन प्रेरित गरे। उनले मधुर आवाजमा संगीत क्षेत्रका अवसर र चुनौतीहरूको बारेमा चर्चा गर्दै विद्यार्थीहरूलाई जीवनमा ठूलो सपना देख्न र त्यसको लागि मेहनत गर्नुपर्ने महत्त्व बताए।
"सपना ठूलो देख्नुपर्छ र त्यसलाई पूरा गर्न मिहनेत गर्नुपर्छ," श्रेष्ठले भने। उनले यसका लागि धैर्यताको पनि आवश्यकता रहेको कुरा जोड दिए। कक्षा १० का विद्यार्थिहरूले श्रेष्ठका प्रेरणादायक शब्दहरू सुन्दै जोश र उत्साह प्रकट गरे।
कार्यक्रममा श्रेष्ठले विद्यार्थिहरूलाई भावनाहरूको व्यवस्थापन र मानसिक स्वास्थ्यको महत्त्वको बारेमा पनि जानकारी गराए। उनका विचारले विद्यार्थीहरूमा आत्मविश्वास र सकारात्मक सोचको विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरियो।
यस कार्यक्रममा विद्यार्थीहरूको उत्साह र भागीदारीले कार्यक्रमलाई विशेष बनायो, जसले भविष्यमा संगीत क्षेत्रमा करियर बनाउन चाहने युवाहरूसँगको सम्वादलाई थप प्रगाढ बनायो।