दाइभाइको कथा
एकले अर्कोलाई लखेटेको प्राय: देख्छ । समाज यस्तै हो । समाज भनेको सुनेको होडमा दौडिन्छ अनि निष्कर्ष पनि त्यही अनुरुप निकाल्छन् । गल्ती देखाउँदा दोष देख्ने बुझ्ने कुराले आपसी मतभेद पैदा गराउने कुराहरूमा ज्यादा हावा लाग्ने छन् । अनि बुझाई पुन: त्यस्तो बनी दिन्छन् जस्ले आफुमा शक्ति बढ्नुपर्ने घमण्ड भई दिन्छ । घमण्डले पुन: क्रोधको परिक्रमा गर्छ । समय त्यसरी बित्दै जान्छ । अन्तत जुनै वाणी पनि अपराध महसुस गराउने कुरामा रुपान्तरित हुन्छ । कान, विष श्रवण अखडा बन्छ । सत्य न्याय निष्ठा स्वार्थ नै हुन् सुन्ने अनि सुनाउने प्रमाणीकरण गरिदिन्छन् । छाला घिसारेर घाममा सुकाउने नीतिलाई प्रचार बाजि मान्छन् । सुग्रीब हार्छ र बालीले जित्छ तर हनुमानसँग बाली हार्छ । यहाँ बाली शक्तिशाली भएपनि हार्छ किन ? आधा शक्ति बालीलाई प्राप्त हुने भएपनि हार्छ ।
न म याचक हुँ, न म उपासक....
मलाई, व्यवहारको दासत्व मनपर्छ ।
शब्द, भाषा बन्नु पुर्व ठोकिने गर्भाशयमा विष हुन्छ । मेरो बुझाई हो, त्यसको संशोधन, प्रशोधन हुनुपर्छ । शुद्ध चित्त, बुद्ध हो । सिद्धान्त जोड हुनुपर्छ । मान्यता यहि छ ।