चट्याङ लागेर एकजनाको मृत्यु, एक जना घाइते

चितवन — इच्छाकामना गाउँपालिका वडा नं. १ भराङमा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार दिउँसो करिब २:३० बजे परेको चट्याङका कारण ५१ वर्षीय वीरबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो।


चट्याङ लाग्दा उहाँका छोरा घाइते भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।


स्थानीय प्रशासनले चट्याङबाट भएको क्षतिको विवरण संकलन कार्य अगाडि बढाएको छ।

प्रतिक्रिया