काठमाडौं, – नेपाली र अङ्ग्रेजी व्याकरणका प्रसिद्ध लेखक र भाषाविद् चूडामणि गौतमको सोमबार ८१ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ। गौतम नेपाली र अङ्ग्रेजी भाषासम्बन्धी व्याकरण, उच्चारण र शब्दकोशका विभिन्न पुस्तकहरूका लागि परिचित थिए।
उनका प्रमुख कृतिहरूमा नेपाली व्याकरण र रचना, विद्यालय नेपाली शब्दकोश, अक्षरको उच्चारण गर्ने यसरी, बृहत्तर नेपाली शब्दकोश, र शुद्ध नेपाली लेख्ने यसरी जस्ता पुस्तकहरू रहेका छन्। उनले हायर लेवल इङ्ग्लिश ग्रामर, कम्पोजिसन एण्ड प्रोनाउन्सेसन, र राम्रो अङ्ग्रेजी बोलचाल अभ्यास जस्ता कृतिहरू पनि लेखेका छन्।
गौतमको कार्यले अङ्ग्रेजी र नेपाली भाषाको बीचको दूरी घटाउने उद्देश्य राखेको थियो। उहाँको भाषिक ज्ञान र लेखनको स्पष्टता र प्रमाणिकताले भाषा शिक्षामा ठूलो योगदान पुर्याएको छ। २०७९ सालको भदौ ११ गते उहाँले बृहत्तर नेपाली शब्दकोश विमोचन गरेका थिए, जसले ठूलो स्वागत पाइरहेको थियो।
उनको निधनले भाषाशास्त्र र भाषा शिक्षाको क्षेत्रमा ठूलो क्षति पुगेको छ। चूडामणि गौतमको योगदान सधैं सम्झन योग्य रहनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता