सम्मान राजनीति : कीर्तिपुरमा खाँचो छ ।

सम्मानको राजनीति कीर्तिपुरमा खाँचो 

चुनाव, चुन्ने प्रक्रिया जस्मा प्रविधि छैन् । विचार र व्यवहार भन्दा अहिलेको परिप्रेक्ष्यमा हल्ला बढी महत्वको विषय बनेको छ भने एक हुल मान्छे जो मान्छेलाई भेडाबाख्राको हिसाबले सोच्दछन् जबकी त्यही हुल, त्यसकै बथान बन्ने गरेका पाईन्छन् भने बुझाई फेरि फरक छ । मताधिकारको कुरालाई लिएर स्थान अनुरुपको कुरा गर्न छोडेर आक्षेप लगाउने पनि गरेका पाईन्छन् जुन दु:खद विचार हुन् । व्यक्ति विशेषको क्षमतालाई संस्थागत दोष भन्ने पछिल्लो चरण चलेको व्यापक नीतिगत कुरा देशलाई तरंगित पारेको छ । गल्तीलाई अपराधकै दर्जा सुम्पिने नीतिगत विसंगतिले पुर्ण खोक्रो देश तुल्याएको छ भने मनपरि नीति विनाका कुराले देशलाई आक्रोशित पारेको अवस्था छ । यो घातक हुनेछ । देश यसरी चल्दैन् । 
विगत केही व्यक्ती विसंगतिले पुरै व्यवस्थालाई मेरोमा रुपान्तरित गरेको छ । मै वादले देश चल्न थालेको छ भने त्यो मै वाद तोड्नलाई पुन: मै वादहरु जन्मिन सुरु गरेको छ । जस्को एक प्रहसन भर्खर कीर्तिपुरमा सकेको छ । दलको प्रतिनिधि ९ जना थिए भने स्वतन्त्र ११ जना मैदानमा देखिनुलाई विडम्बना मात्र भन्न सकिन्छ ।  त्यो परिवर्तन वा विकास भन्न अप्ठ्यारो अवस्थामा लिन सकिन्छ । उद्देश्य सबैको एउटै राम्रो, विकसित कीर्तिपुर लक्ष्य नै हो तर २० टुक्रामा २० विचारमा किन ? 
एउटा कीर्तिपुर बनाउन २० जना मैदान उत्रिनु राम्रो देखिए तापनि त्यति धेरै किन भन्ने प्रश्नले एकले अर्को माथि गरिएका कुनै गुण वा दोष तिर्न वा लिन नै हो कि पुन: प्रश्न तेर्सिएको छ । यसमा हाम्रो विचार सोचनिय हुनुपर्छ भने दललाई अलग राखेर स्वतन्त्र मतलाई विरानिय बनाउने हो भने लगभग जितको करिब जनताको दलप्रतिको असन्तुष्ट मत कीर्तिपुर थियो भन्ने बुझिन्छन् । तर स्वतन्त्र उम्मेदवारले स्वतन्त्र अर्थ के त्यो बुझिएनन् । कोहि बालेन कोहि हर्क भन्ने चर्चा चलेपनि असन्तुष्टको दोस्रो नाउँ कीर्तिपुरमा स्वतन्त्र भन्ने बुझिईयो जबकी बालेन स्वतन्त्रको अर्थ अध्ययन अनुसन्धान नै हो । यो कुरामा स्वतन्त्र उम्मेदवारले बुझ्न चाहेनन् । त्यस्तै हर्क स्वतन्त्रको प्रकृति प्रेमी भूमी पुत्र हुन् जसको प्रयोग स्वतन्त्र रुपमै भनिए तापनि दलगत अर्थमै बुझिन्छ जस्तै लहना । कीर्तिपुरको लहना भनेको संस्थागतमा दर्ता नभएको कुनै कोषको रुप लिन सकिन्छ भने बाँकी अरु जस्लाई सबैले दल भनेका छन् तिनीहरू दर्तावाला सहकारी जस्तै हुन् । सहकारीको नियम विनियम भए झै कोषको पनि हुन्छन् तर बन्देज हुने कुनै समुह स्वतन्त्र होईन् । यो यस्तै हो बयान गर्ने आक्रोशलाई वा चित्त नबुझेको कुरा क्रान्ति स्वरुप शान्ति खलल गर्ने विचार कहिल्यै स्वतन्त्र हुन्न । स्वतन्त्र बन्ने व्यक्तिले क्षमा बुझ्छ आक्रोश वा असन्तुष्टि या भन्नौं घात प्रतिघातको प्रतीक्षा गर्दैन् पनि, लिंदैन् पनि । समाजलाई सुधारमुखी बनाउने सोचलाई अन्य मोडेर कसैप्रती नकारात्मक विचारले विस्फोट हुनु आत्मघाती प्रहार गर्नु हो त्यसबाट समाज जोगाउनुपर्छ नितान्त आवश्यक विचार हो । कीर्तिपुरको लहना आफै दल भईकन दल विरुद्ध स्वतन्त्रता भन्दै आक्रोश पोख्नु गृहकार्य नपुग्नु र हार्नु हो । सहमती र सहकार्य नहुने सद्भाव र सत्कार बेगर स्वतन्त्र कहिल्यै स्वतन्त्र हुन्न । सहनशीलता र क्षमायोग्य गुणयुक्त कार्य स्वतन्त्र हो । कसैको षड्यन्त्रमा रम्नुलाई स्वतन्त्र भनिदैन् । कुनै आक्रोश पोख्नु पनि स्वतन्त्र उपमा दिनुहुन्न । लगनशील अनुभवी अध्ययन अनुसन्धान एवम् धृढ निश्चयलाई स्वतन्त्र बुझ्नुपर्छ जस्तो लाग्छ । आखिर जे हुनु भई सक्यो औकात र हैसियत खेल समापन भई खेलको रुपमा कीर्तिपुरको चुनाव टुङ्गिएर परिणाम सार्वजनिक भई सक्यो । अब यहाँबाट हामीले कीर्तिपुरको चुनाव खेलकै रुपमा मात्र स्थापित गर्ने कि समग्रमा कीर्तिपुर चिनाउन सम्पन्न भएको उपनिर्वाचन मान्ने ? प्रश्न यहाँ शेष छ । 
सेवक छाने प्रक्रिया भन्दै गर्दा पछिल्लो गतिविधिले अर्थ अर्कै जनाउँछ । हारजितमा सिमित हुने हो भने त्यो कुनै खेल थिएन् । रम्न र दु:खि खेलले बताउँछ भने सेवा दिने र सुविधा लिने कुरामा मात्रै सिमित हुने हो भने अपराध त्यसमा लुकेको हुन सक्छ । हामी यस्ता सम्भावित कुराबाट जोगिनुपर्छ । कीर्तिपुर जन्मभूमि जननी हो बुझुपर्छ भने बुझाउने कुरा पनि हुनुपर्छ । यहाँ म दलले जितेपनी त्यसको परिणाम दलले जितेको जस्तो हुनुहुन्न । सम्मान, अपमान बनाउन होईन् यो चाहिँ बुझ्नुपर्छ । दल होस् या स्वतन्त्र सबैको लक्ष्य एउटै तर भिन्नाभिन्नै विचार हुन्छन् । विचार विमर्श गरेपछि निष्कर्ष पुन: विकास नै निस्किन्छन् भने सबैको समेत्ने गर्नुपर्छ । जितेको ज्यादा हकको होईन् जिम्मेवारीको कुरा गर्न सकिईयो शासन गर्नु सार सम्मानित हुनु नै हो । अत: आफ्ना योजनासँगै हारेका १९ जनाको मुख्य एक जुन कीर्तिपुरकै लागि आवश्यक ठहर भएको संकलन गरि योजनावद्ध जान सकिएको खण्डमा कीर्तिपुर विकास केन्द्रले छेक्न सकिँदैन । स्वतन्त्र उम्मेदवार डा. नवरथ बानियाँ ज्यु वातावरणविज्ञ हुन् उहाँको लक्ष्य कीर्तिपुर अवस्थित उमामहेश्वर मन्दिरलाई चट्याङमुक्त सम्पदा बनाउने, विचार योजना राम्रो छ जित्ने संकलन गरि कार्यन्वयन गर्नुस् यदि कीर्तिपुरमा काँग्रेसले मात्र जितेको होईन् भने राप्रपाका ई. ध्रुब महर्जनले कीर्तिपुरको पानीको समस्या समाधान गर्छु भनेका छन् स्विकार गर्नुस् । प्रा.डा. शिवशरण महर्जनले बेनिस्साको कुरा गर्नु भयो सक्ने हुने भए उहाँको त्यो समस्या पनि समाधान गर्नुस् । डा. सुरेन्द्र मानन्धरले नीतिगत भ्रष्टाचार रोक्छु र जितेको खण्डमा पार्टीको स्थानीयको समस्यालाई समाधान गर्छु भनेका छन् भने स्वतन्त्र उम्मेदवार राजमान महर्जन ज्युले कीर्तिपुरमा रोजगारी परम्परागत तरिकाले गर्ने र कीर्तिपुरलाई विश्वकै नमूना नगर बनाउने भनेका छन् सोच्नु सकिन्छ भने गर्नेतिर लाग्नुस् । त्यस्तै अरु अरुले आ-आफ्ना प्रतिबद्धता पेश गरेका छन् संकलन गरि कीर्तिपुरलाई हानी नगर्ने समृद्ध दिने स्विकार्नुस् । यहाँ मैले जित अर्थ सम्पुर्ण कीर्तिपुरको समस्या समाधान मान्दछु । समय कम छ त्यसको काम कम गर्नुस् राम्रो हार्नेहरुको एक एक गरि १९ वटा र आफ्नो २ वटा गरि जम्मा २१ वटा गर्नुस् । अर्को पटक जितको लागि वा जित्न आउने कुनै आँट गर्ने छैन् भने जिताउन कोहि बाहिरबाट जनमानस ल्याई कीर्तिपुर बिखण्डनको राजनीति गर्न नपरोस् । कीर्तिपुर आफै सम्पन्न र समृद्ध स्थानीय राज्य हो । यसलाई चाप्लुसिमा चलाउनु आवश्यक छैन् । र पुन: २१ वटा योजना २८ महिनाको लागि काफी छ । कीर्तिपुरमा नेपाली काँग्रेसले जितेपनि त्यो कीर्तिपुरकै हो अब प्रमाणित गर्न बाँकी छ भने हामी कसैबाट तोडिएर तोड्ने मान्छेहरु होईनौं भनी प्रमाणित गर्छौँ । र कीर्तिपुरमा अब देखि आक्रोश, असन्तुष्टि एवम् हेला घृणा राजनीति गर्दैनौं भन्ने प्रण हाम्रो बाँकी नै छ । 

प्रतिक्रिया