आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा छ।

आज दिउँसो कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले शनिबार बिहान बुलेटिन जारी गरी जानकारी दिएको छ।

महाशाखाले दिउँसो  गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बांकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना पनि रहेको महाशाखाल जारी गरेको बुलेटिनमा उल्लेख छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

राति गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागका  थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया