गजल
कसरी सम्झाउने मनलाई, यो मनको कुरा,
सपना हो कि वास्तविकता, प्रेमको कुरा।
झरीले भिजाएजस्तै मनको भावनालाई,
बर्सिएन मैले आँसुमा, ती तिम्रा कुरा।
खुशबु भए झैं फैलियो तिम्रो सम्झना,
बचाउने कोसिस गर्छु, तर फेरी मनको कुरा।
बुझ्न सक्दिन किन हो, यो मनको चाहना,
सधैं खेलेर जान्छ, तिम्रै सम्झनाको कुरा।
-सूर्य राय
१३ साउन २०८१, आईतबार ०६:३१ मा प्रकाशित