— Aama Darshan News | काठमाण्डौं, नेपाल
तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. राधाकृष्ण साहले आज आमा दर्शन न्युज का निर्देशक तथा वरिष्ठ सञ्चारकर्मी सुर्य बहादुर रायाको दृष्टि परीक्षण गर्नुभएको छ। नियमित स्वास्थ्य परीक्षण अन्तर्गत श्री रायाले आँखाको सम्पूर्ण परीक्षण गराउनु भएको हो।
वरिष्ठ नेत्र विशेषज्ञ तथा RK Optical Eyes Care Center का निर्देशक डा. राधाकृष्ण साहले आज ‘आमा दर्शन न्युज’ का निर्देशक तथा पत्रकार सुर्य बहादुर रायाको आँखा परीक्षण गर्नुभएको छ।
डा. राधाकृष्ण साह नेपालको नेत्र चिकित्सा क्षेत्रमा एक अनुभवी तथा श्रद्धेय नाम हो, जसले तिलगंगा आँखा अस्पतालमा लामो समयसम्म सेवा प्रदान गर्नुभएको थियो। सेवानिवृत्त भएपछि उहाँले आफ्नै RK Optical Eyes Care Center सञ्चालन गर्दै आउनुभएको छ
सुर्य बहादुर रायाले परीक्षणपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो। म सबै नागरिकहरूलाई समय समयमा आँखा तथा सम्पूर्ण स्वास्थ्य परीक्षण गराउन अनुरोध गर्न चाहन्छु।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता