मलाई, तिमीलाई जति पैसा पनि चाहिदैन्
सलाई, जत्तिकै बल्न माया प्रेम पनि चाहिदैन् ।
ढुङ्गाको ओडारमा पनि सुख छ, जीवन छ
छट्पटिन, महलको सुख पनि चाहिदैन्
मलाई, तिमीलाई जति पैसा पनि चाहिदैन् ।
म त सोझो, तिमीलाई आफ्नो सम्झिने
तिम्रो जस्तो पुण्य, कमाउन पाप पनि चाहिदैन्
सलाई, जत्तिकै बल्न माया प्रेम पनि चाहिदैन् ।
साथ भए पुग्छ, गन्तव्य मिल्छ पनि
घाउ देख्दा नून मलम, लगाउने पनि चाहिदैन्
मलाई, तिमीलाई जति पैसा पनि चाहिदैन् ।
लामो छ यात्रा, बाटो साँघुरो मोड पनि छ
मोडै मोडको जीवन, भन, आक्रोशमा चाहिदैन्
सलाई, जत्तिकै बल्न माया प्रेम पनि चाहिदैन्
मलाई, तिमीलाई जति पैसा पनि चाहिदैन् ।
२५ फाल्गुण २०८०, शुक्रबार ०५:५१ मा प्रकाशित