काठमाडौं । एसवाई प्यानल लिमिटेडको शेयर आज औपचारिक रूपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्सेका अनुसार कम्पनीका कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर सूचीकृत भएको छ।
यीमध्ये—
-
सर्वसाधारणको शेयर: ५२ लाख ३२ हजार ५४८ कित्ता
-
संस्थापकको शेयर: ७८ लाख ४८ हजार ८२३ कित्ता
नेप्सेले एसवाई प्यानललाई कारोबार संकेत ‘SYPNL’ प्रदान गरेको छ।
यस कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०६.६१ रुपैयाँदेखि अधिकतम ३१९.८३ रुपैयाँ सम्मको ओपनिङ रेन्ज तोकिएको छ।
ओपनिङ रेन्जभित्र रहेर पहिलो कारोबार मूल्य निर्धारण हुने नेप्सेले जनाएको छ।
— News Desk, Aama Darshan News
२५ मङ्सिर २०८२, बुधबार ०८:२६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़