लोमान्थाङमा अज्ञात समुहद्धारा वडाध्यक्ष बिष्टको मोटरसाईकल तोडफोड

लोमान्थाङमा अज्ञात समुहद्धारा वडाध्यक्ष बिष्टको मोटरसाईकल तोडफोड 

सुन्दरकुमार थकाली 

जोमसोम—उपल्लो मुस्ताङको लोमान्थाङ—५ मा गएराति वडाध्यक्ष ढुक्के बिष्टले चढ्ने सरकारी मोटर साईकलमा आशिंक क्षति पू¥याईएको छ । शनिबार राति वडाध्यक्ष बिष्टको घर बाहिर आँगनमा पार्किङ गरी राखिएको लोमान्थाङ—५ को ग १ ब १०५४ नम्बरको सरकारी माटरसाईकलमा अज्ञात समुह तथा ब्यक्तिले क्षति पू¥याएको बताईएको छ ।

लोमान्थाङ गाउँपालिका अन्तर्गत वडा—५  का लागि प्रयोग हुँने उक्त सरकारी मोटरसाईकलको पेट्रोल ट्यांकीमा दुई वटा प्वाल पारिएको छ भने मोटरसाईकलको सिट कभर समेत च्याँतेर क्षति बनाईएको छ । वडा कार्यालयको सवारी साधन माथि अज्ञात समुह तथा ब्यक्तिले क्षति पू¥याएपछि वडाध्यक्ष ढुक्के बिष्टले ईलाका प्रहरी कार्यालय लोमान्थाङमा लिखित उजुरी दर्ता गरेका छन् । वडाध्यक्ष बिष्टले आफुले प्रयोग गर्ने सवारी साधन माथि अज्ञात समुहले तोडफोड गरी क्षति तुल्याएको जानकारी दिए । उनले मोटर साईकल तोडफोड गर्ने समुहको छानविन गरी दोषी उपर कारवाही गर्न ईलाका प्रहरी कार्यालयमा उजुरी दिएको उल्लेख गरे ।


यता ,जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक डिएसपी भोजराज पाण्डेले लोमान्थाङ—५ मा सरकारी मोटरसाईकल माथि तोडफोड गरी क्षति तुल्याएको जानकारी दिए । उनका अनुसार लोमान्थाङमा घटना अघि लोमान्थाङ—५ का आमा समुह र जनप्रतिनिधिबीच लोमान्थाङको भित्री सडकको आन्तरिक विषयमा दुई पक्षियबीच टसल परेको र घटनापनि सोही विषयसंग जोडिएको हुनसक्ने बताए । ईलाका प्रहरी कार्यालयको सिसि क्यामेराबाट तोडफोड गर्ने अज्ञात समुह पत्ता लगाउने कार्य र घटनाबारे अनुसन्धान भईरहेको उल्लेख गरे ।

घटना अघि लोमान्थाङ आमा समुह र जनप्रतिनिधिबीच बाटोको बिषयमा वार्ता भएपनि वार्ता सफल हुन सकेको थिएन । वडाध्यक्ष बिष्टले स्थानीय तहको सरकारी मोटरसाईकल तोडफोड हुन राम्रो सन्देश नभएको र यसले शान्त उपल्लो मुस्ताङमा अस्थिरता निम्त्याउने दावी गरे । 



प्रतिक्रिया