सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन।

 नेपाली बजारमा सर्वोत्तम सिमेन्ट लिमिटेड को आईपीओ खुला गरेको आज  अन्तिम दिन  आज सम्ममा कुल साढे ९ लाख भन्दा धेरैकाे हात खाली हुने भएकाे छ ।  कम्पनीकाे आईपीओका लागि अन्तिम दिनसम्ममा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ। 

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १० लाख १२  हजार ३८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

 

यस अनुसार याे कम्पनीकाे शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।


प्रतिक्रिया