नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि घट्यो

साताको दोस्रो दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६३३.२७ विन्दुमा झरेको छ। कारोबार रकम ८ अर्ब ९२ करोड रुपैयाँमा सीमित रहेको छ। ३१२ स्टकको १ करोड ७२ लाख कित्ता शेयर किनबेच भएको थियो।


वित्त उपसमूहको परिसूचक ३.४६% वृद्धि भए पनि व्यापार, जीवन बीमा, र अन्य उपसमूहमा गिरावट देखियो। न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा कारोबार भएको छ भने जानकी फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको मूल्य करिब १०% ले उकालो लाग्यो। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक ८.४६% ले घट्यो।


कारोबार रकमका आधारमा सिन्धु विकास बैंक अग्रस्थानमा रह्यो।

प्रतिक्रिया