काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले आफ्नी बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाएका हुन्।
भाइटीकाको अवसरमा बहिनी शारदा पण्डितले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायतका फलफूल तथा विभिन्न सौगात प्रदान गरेकी थिइन्। त्यसैगरी, राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार तथा दक्षिणा प्रदान गरेका थिए।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भाइटीका कार्यक्रम पारिवारिक तथा धार्मिक परम्पराअनुसार सम्पन्न भएको हो।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिने परम्परा रहेको छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने प्रचलन छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता