एमाले कीर्तिपुरको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न




कीर्तिपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कीर्तिपुर नगर कमिटीको आयोजनामा बडादसैँ, तिहार, छठ तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।



सोमबार कीर्तिपुरस्थित ज्योतिनानी हेरिटेज होम्समा आयोजित कार्यक्रममा विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो।


कार्यक्रमले आपसी सद्भाव, सामाजिक एकता, भाइचारा तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिएको थियो।


नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा शुभकामना साटासाटसँगै चियापानसमेत गरिएको थियो।


कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (एमाले) कीर्तिपुर नगर कमिटी परिवारको आयोजनामा सम्पन्न भएको हो।


आमा दर्शन न्यूज

प्रतिक्रिया