काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दुई महत्त्वपूर्ण खेल हुँदैछन्।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ। प्लेअफ यात्रालाई थप बलियो बनाउन सुदूरपश्चिम आज जितको लक्ष्यसहित मैदान उत्रिनेछ।
त्यस्तै, तीन खेल खेलेको कर्णाली याक्सले एक जित र दुई हारको नतिजा निकालेको छ। अंक तालिकामा आफ्नो अवस्था सुधार गर्न कर्णालीलाई पनि आजको खेल जित्नुपर्ने दबाब छ।
यसैगरी, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
तीन खेलबाट तीन अंक जोडेको चितवन राइनोज जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति सुधार्ने दाउमा छ। लगातार हारको सामना गरिरहेको पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
आजका दुवै खेलले प्रतियोगिताको अंक तालिका तथा प्लेअफ समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। त्यसैले चारै टोलीका लागि आजको प्रतिस्पर्धा निकै महत्त्वपूर्ण रहनेछ।
Aama Darshan News | सत्य, समय र समाजप्रति उत्तरदायी समाचार।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता