काठमाडौं । वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्ड तथा सिन्धुलीको आँपघारी क्षेत्रका विभिन्न स्थानमा रहेका अस्थायी डाइभर्सन बगेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार रोशी खोला मा आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा तथा माम्ती क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सन बगाएको हो।
डाइभर्सन बगेसँगै सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ भने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। सम्बन्धित निकायले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
हाल बाढी र वर्षा नरोकिएकाले तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको जनाइएको छ। सडक पुनः सञ्चालनका लागि डोजर तथा प्राविधिक टोली तयारी अवस्थामा राखिएको भए पनि मौसम सुधारपछि मात्र मर्मत कार्य अघि बढाइने बताइएको छ।
– Aama Darshan News
रिपोर्टर: सुर्या राय
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय