देशमा जता हेर्यो त्यतै प्वाल देखिन थालेको छ। प्वाल मात्र हैन भ्वाङ नै देखिन थालेको छ। जुन क्षेत्रको कोरमा पुगेर नियाल्यो हात लाग्छ निराशा । आज हामी शिक्षा क्षेत्रभित्रको राम्रा नराम्रा सबैकुरा मन्थन गरौँ ।
केके निस्कन्छन हेरौँ अनि कसले के हाशिल गर्यो त्यो पनि उजागर गरौँ। १९१० मा दरबार स्कुल स्थापना भएदेखी नेपालमा विद्ध्यालयमार्फत औपचारिक शिक्षा दिन सुरु गरिएको हो।
भलै तत्कालिन समयमा दरबारका सन्तानलाई भनेर सुरु गरिएको थियो दरबार हाइ स्कुल । तर अहिले देशभर जनताका छोराछोरीलाई सहज पहुँच नहोला तर जेनतेन स्कुलको पहुँछ छ ।
नेपालको शिक्षामा बारम्बार हल्ला हुने बारम्बार बहस गरिन विषय हो पहिले एसएलसि बोर्ड र हाल एसइइ बोर्ड । शिक्षाले ज्ञान दिन्छ्। शिक्षाले जिवनमा के गर्नु हुन्छ के गर्दा जिवन सुखद र सहज हुन्छ बुझ्न मद्धत पुर्याउँछ । कक्षा १० को परिक्षा दिन विद्यार्थी सामान्यतया १५ वर्षदेखी १७ वर्ष सम्मका हुन्छन । यो कलिलो उमेरमा फेलपासले उनिहरुमा गहिरो छाप पर्छ हुन त कितावि ज्ञानले मात्र केहि हुने हैन। अद्ययन कम भएका धेरै मानिसहरु संसारमा सफल भएका छन । त्यसो भनेर नपढ्नु भन्ने पनि हुन्न । धेरै पढ्ने मानिसले नपढ्ने मानिसले भन्दा धेरथोर राम्रो नराम्रो छुट्याउन सक्छ्।
कहाँनेर चुक्यौँ त हामी ?
शिक्षामा १०% भन्दा बढि बजेट छुट्याइएको छ नेपालमा । यति हुँदा पनि शिक्षा निति भने बारम्बार खस्किदो छ । यसको कारण स्पष्ट छ शिक्षा क्षेत्रको दुईधार । यो दुई धार रहँदासम्म गरिब पढ्ने स्कुल र धनि पढ्ने स्कुल फरक हुन्जेलसम्म शिक्षाक्षेत्र यस्तै रहनेछ। अर्कोतिर देश बनाउँछु भन्ने नेताहरु र देश चलाउँछु भन्ने सरकारी कर्मचारीले समेत भ्रष्टाचार गरेर कमाएको अकुत सम्पति प्रत्यक्ष अप्रत्यक्ष निजि स्कुलमा लगानी गरेका छन । उनिहरुका सन्तान कि विदेशमा कि नेपालमै महँगा स्कुलमा लुटेको धनले अध्ययन गरिरहेका छन । यो प्रथाले नै हो नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको । अरुलाई ज्ञान दिन्छु भन्ने शिक्षकले आफ्ना सन्तानलाई भने निजि स्कुलमा महङ्गो शुल्क बुझाएर पढाउनुले बुझिन्छ कि शिक्षा क्षेत्रमा केहि त गलत भैरहेको छ।
शिक्षामा दुई धार हुनु नै शिक्षा क्षेत्र बिग्रनुको पहिलो कारण हो। यो सुधार गरेर सबै स्कुललाई गुठी प्रणालीमा विकास गरी एकै धारको शिक्षा निति अवलम्बन गर्दा देशलाई फाईदा पुग्ने देखिन्छ। रिजल्ट हेर्ने हो भने धेरैजसो सरकारी स्कुल बन्द गरिदिए हुन्छ। जब विद्यार्थी ३३% नभए फेल हुन्छ भने ४०% विद्यार्थी आफ्नो विषयमा पास गराउन नसक्ने शिक्षक पनि फेल हुनुपर्छ्। कम्तिमा १ वर्ष निलम्बन गर्नुपर्छ फेल हुने शिक्षकलाई । ८०% भन्दा बढि विद्यार्थी आफ्नो विषयमा फेल हुने शिक्षकलाई सँधैका लागी शिक्षा क्षेत्रमा त्यो भन्दा माथील्लो डिग्री हाशिल नगर्दासम्मलाई निशेध गरिदिनुपर्छ्। महत्वपुर्ण कुरा यो हो कि अब विद्यार्थीमात्र नभएर शिक्षक पनि फेल हुनुपर्छ। अर्कोतिर सरकारी विद्यालयलाई तत्काल यहि अवस्थामा चलाउँदा विद्यालय व्यवस्थापन समितिमा ति व्यक्तिहरुमात्र हुनुपर्छ जसका सन्तान विद्यालयमा अध्ययन गरिरहेका छन। बाँकी सल्लाहकार राख्दा हुन्छ।
अर्को महत्वपुर्ण कुरा सरकारी विद्यालयहरु स्थानिय सरकारको मातहतमा रहने भएकाले स्थानिय प्रतिनिधिहरु चुनावमा उठ्दा दलबाट उठेका छन भने हरेक दलले वडामा कम्तिमा एक जना स्नातक गरेको र पालिकामा मेयर र उपमेयर मध्य एकजना कम्तिमा स्नातक गरेको व्यक्ति हुनुपर्छ्। एक्ला एक्लै चुनावमा आउने स्वतन्त्रको हकमा यो लागु गर्न सकिन्न।
यो त थियो व्यवस्थापकिय पाटो तर अध्यापन गरिने विधिले नेपालमा कलिला वालवालिकालाई फेल गराउने जस्तो निराशाको खाडलमा जाकेर परिक्षामा फेल भए जिवनमा केहि गर्नै नसक्ने जस्तो भाष्य सृजित गरिएको छ। त्यो कदापी हैन। कुनै परिक्षामा आएको मार्क्सले जिवन सफल र असफल हुने भन्ने हुँदैहुँदैन। परिक्षामा सोधिने प्रश्न निजि विद्यालय लक्षित हुन्छन अझ भनौँ अङ्ग्रेजी विशेष हुन्छन सबैभन्दा ठुलो समस्या भाषा हो । नेताहरुले खोलेका महँगा निजि विद्यालयमा एक महिना अगाडिनै प्रश्नपत्र सुटुक्क पुगिसक्ने कुरा बाहिर आउनु पनि सामान्य छैन ।
साँच्चै शिक्षा गुणस्तर परिवर्तन गर्ने हो भने अध्यापन गराउने तरिका सुधार्नु आवश्यक छ । १००% उत्कृष्ट रिजल्ट ल्याउन सक्ने शिक्षकहरु मध्यबाट केहिलाई राज्यले विशेष सेवासुविधासहित नेपालका सबै विद्यालयमा एकैपटक सबै विध्यार्थीलाई अनलाईन अध्यापन गराउने व्यवस्था गर्नुपर्छ। जसले गर्दा स्कुलका शिक्षकले विद्यार्थीलाई गाइड गरेर उत्कृष्ट रिजल…
नेतृत्व विकास प्रशिक्षक / स्वतन्त्र लेखक / एच बी खत्री