ईश्वरको हत्यामा मेरो जन्मकैद.......
आकाश फाटेको दिन, मैले हात बढाएँ । उहाँको मुटुमा चक्कु रोपेँ । रक्त बग्यो । तारा बनेर झरे ।
मलाई कैद गरिइयो । सधैंभरि यो अँध्यारो कोठामा जहाँ हरेक सासमा उहाँको नाम गुञ्जिन्छ । र हरेक मौनतामा उहाँको चित्कार सुनिन्छ ।
म दोषी छु, हो तर यो सजायभन्दा ठूलो सजाय केही छैन ।
उहाँबिना बाँच्नु, उहाँलाई मारेर पनि मर्न नपाउनु जन्मकैद यो हो
ईश्वरको अनुहार नदेख्ने । ईश्वरको स्पर्श नपाउने र पनि हरपल उहाँलाई बोकेर हिँड्नुपर्ने । कसैले भनेन “क्षमा गर” किनकि क्षमा माग्ने हिम्मत पनि उहाँ मार्नेले नै मारिदियो ।
अब यो कोठामा, म एक्लै छु । ईश्वरको लाश बोकेर, मेरो सास सृजनशिल हुँदै गए पनि, यो जन्मकैद कहिल्यै नसकिने सिद्ध भएको छ ।
My life sentence for killing God.......
The day the sky split, I raised my hand. I planted a knife in his heart. Blood flowed. He fell like a star.
I was imprisoned. Forever in this dark room where his name echoes in every breath. And his screams are heard in every silence.
I am guilty, yes, but there is no greater punishment than this punishment.
Living without him, not being able to die even after killing him is life sentence.
Not seeing the face of God. Not being able to touch God and carrying him at all times. No one said, "Forgive me" because the one who killed him killed even the courage to ask for forgiveness.
Now in this room, I am alone. Carrying the corpse of God, even if my breath becomes creative, this life sentence has proven to be endless.
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर