आयस्रोत आफैमा खोज्नुपर्छ ।

आयश्रोत आफैमा खोज्नु जरुरी छ । 

"काठमाडौ सहर, हेर्दा लाग्छ रहर" यो कुनै फिल्म कुनै सम्वाद मात्र होइन एउटा वास्तविकता पनि हो । हेर्दा अवस्थित लाग्ने यो सहर आफैमा एउटा समृद्धि बोकेको सभ्यता हो । यहाँ पुग्ने प्रायः सम्पन्न भएको अनेकन कथाहरू छन । तर ती कथा बन्न यहाँ संघर्ष आवश्यक छ । तर यो सहर अहिले सस्तो भने छैन । 

यहाँ बिहान बेलुकी चियाको मात्र कुरा गर्ने हो भने न्युनतम १००/- दैनिक खर्च हुन्छ भने खाजा खर्च १५०/- छुट्याउनुपर्छ । त्यस्तै बिहानबेलुका खानाको हिसाब जोडजाम गर्ने हो भने १५०/- रुपैयाँ दैनिकी आवश्यक देखिन्छ । घरभाडा र बिजुलिपानीको हरहिसाब जोड्ने हो भने ३००/- न्युनतम खर्च दैनिकी हुनजान्छ । एक जना विद्यार्थीको साधारण जीवनलाई अनुशरण गर्ने हो भने पनि शैक्षिक खर्च लगायत अन्य खर्च जोड्ने हो भने न्युनतम खर्च ४००/- दैनिक खर्च हुन्छ नै । यसरी सबै खर्च जोडजाम र भैपरी आउने खर्च जोड्ने हो भने एक जना साधारण विद्यार्थीको दैनिक खर्च १५००/- त्यो भनेको मासिक ४५०००/- कुनै आवश्यक खर्च नजोडिकन हुन जान्छ । र यो सहरको एक किसिमको आय श्रोत पनि हो जुन प्रत्येक विद्यार्थीले खर्च गर्न जुटाउनै पर्ने आम्दानी हुन् भने काठमाडौमा पढ्ने विद्यार्थी प्राय: ग्रामीण भेगकै छन । ग्रामीण भेगको प्रतिव्यक्ति आय आर्जनको यथार्थताको विश्लेषण गर्ने हो सहरमा आफ्ना छोराछोरी राखेर पढाउने हैसियत कमैको मात्र छन । आय श्रोत खुलाएर राज्यलाई कर तिरेर गरिने आय गाउँमा कमै हुन्छ जसमा प्राय: तिरिदैन । तर पनि सहरमा गाउँका ६०% जनताले पढेका छन सँगै घुमेका छन यसको श्रोत के हो भनेर आफ्ना अभिभावकहरुलाई सोध्ने कि नसोध्ने ? हाम्रो खर्च कसरी जुटाउनु भएको छ कतै कुनै अपराध गरि कमाएका त छैन भनी प्रश्न सोध्ने कि नसोध्ने ? यो मैले सरकारसँग सोधेको मात्र भनेको होइन । सहरको गहना गाउँ हो । अत: गाउँको स्वच्छता यथावत राख्ने हो भने सरकारमाथि आज गरिएका प्रश्नहरू हिजो चप्पल पड्काएर आएका आफ्ना नेतामाथी ती प्रश्नहरू तेर्साएर सम्पत्ति शुद्धीकरण गर्ने कि नगर्ने ? आज सरकारमा हुनेहरूको प्राय: कुनै न कुनै व्यवसाय छ । सबै कमाएर सम्पन्न छु भन्दै राजनीतिमा आएका हुन् तर हिजो आएका सरकार बसेका प्राय: सबै कुनै न कुनै काण्डमा मुछिएका छन । तिनीहरूको कार्वाहीको लागि विद्यार्थी संगठन लाग्ने कि नलाग्ने ? आफ्ना स्वार्थसिद्ध गर्न भ्रातृ संगठन चलाएर बस्नेहरू जसले सिमित स्वार्थसिद्ध गर्नु बाहेक शिक्षाको विदेश पलायन हुनुपर्ने नीति बारे कहिले बोल्ने ? एक जना मास्टर डिग्री प्राप्त गरेको व्यक्ति कोरियन भाषा अध्ययन गरेर कोरिया पलायन भए यस्तो परिस्थिति राज्यले किन दियौं, कहिले सोध्ने ? ३३ केजि सुन काण्ड गुपचुप किन भए ? यदि विद्यार्थी संगठन सहि र ठिक मनस्थितिको थियो भने त्यस सम्बन्धमा अन्तिम युद्ध विद्यार्थी संगठनले किन गरेनन ? विद्यार्थी संगठन सहि र ठिक थियो भने सम्पत्ति शुद्धीकरणमा आफ्ना नेताविरुद्ध लाग्नु आवश्यक छ । साथै सरकारलाई प्रश्न गर्नु नैतिक जिम्मेवारी हो भने आफ्ना सुधार्नु पुण्यकै काम हो किनभने आफूहरूले खाएको खाना कुनै हालतमा अपराधीले कमाएको दाना नपरोस् । 

 अन्तमा, आफ्नो पढाइको लागि मासिक ५० हजार आउने खर्चको आयश्रोत खोज्नु पहिलो धर्म हो । कतै आमाबुबा रगत सहर बसेर चुसिरहेका त छैनौ ? भन्ने विचार सर्वप्रथम गर्नुपर्छ । मैले सहर बसेर घरखेत खाएर बाँचेको छु भन्ने ज्ञान हुनु पनि अति आवश्यक छ । आफूले पाइरहेको मासिक खर्च मेरा आफ्नाले कसरी कमाएका हुन् भन्ने पनि सोच्नुपर्छ । आमाबुबाले नखाई नखाईकन छोराछोरीलाई पढाउनुपर्छ भनी पठाएको पैसाले राजनीति नसोच्न आग्रह छ । यदि सत्य र निष्ठालाई जीवन संगत जोडेर धर्म स्वरुप बाँच्ने हो भने आत्मनिर्भर हुने कुरालाई कामलाई विचारलाई अक्षरस पालना गर्नुपर्छ । अरुको कुरा गर्नु अघि आफू शुद्ध हुनु आवश्यक छ । विद्यार्थी काम पढ्नु हो आमाबुबाले त्यति मात्र सोचेको छ । जेन्जीको नाउँमा मर्नु पनि आवश्यक छैन कोरियन भाषा संघर्ष शाहदत प्राप्त गर्नु पनि आवश्यक छैन । राजावादी बनी कोहि विद्यार्थी मर्नु आवश्यक पनि छैन भने गणतन्त्रमाथि हमला भयो भन्दै मार्नु पनि आवश्यक छैन । सुरुमा आफ्नो मानवीय  धर्म के हो ? त्यही सोची त्यही अनुरुप चल्नु आवश्यक छ । 


प्रतिक्रिया