फलो अफ
जोमसोम—दुर्गमका धेरै जसो जिल्लामा अस्पताल हुन्छ,तर सेवा प्रवाह चुस्त हुँदैन । यसको कारण मुल कारण हो दक्ष जनशक्ति व्यवस्थापन र आवश्यक स्वास्थ्य पूर्वाधार नहुनु । यतिबेला यस्तै एक समस्या खेपिरहेको छ मुस्ताङ अस्पतालले ।किनकी मुस्ताङ जिल्ला दुर्गम भएकै कारण यहाँको अस्पतालमा चिकित्सकको अभाव हुने गरेको छ ।
२०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पतालको ईतिहाँस ५२ वर्ष पुरा भईसकेको छ । तर यहाँका नागरिकले भरपर्दो स्वास्थ्य सेवा पाउन सकेका छैनन् । अस्पतालको भौतिक तथा स्वास्थ्य पूर्वाधारहरुमा आवश्यकता अनुसार क्रमिक रुपले सुधारोन्मुख हुँदै जान थालेपनि अस्पतालमा चिकित्सक स्थिर नहुँदा मुस्ताङका नागरिकले भरपर्दो स्वास्थ्य सेवा पाउँन बञ्चित हुनु परेको छ ।
श्रोतका अनुसार गत हप्ता एक क्रिटिकल बिरामी अस्पताल पू¥याउँदा त्यहाँ चिकित्सक कार्यक्षेत्र बाहिर रहेको बताईएको छ । अस्पताल संवेदनशील क्षेत्र हो ,जहाँ सामान्य हेलचक्राई र लापारवाहीले बिरामीको अकालमा ज्यान जान सक्छ । तर,यसको कुनै हेक्का नगरी अस्पतालका चिकित्सक घुमघुममा निस्किएको उक्त श्रोतको दावी छ । त्यस बेला क्रिटकल बिरामीका आफन्तले स्वास्थ्य क्षेत्रमा हेलचक्राई भएको भन्दै अस्पताल व्यवस्थापनप्रति चरम असन्तुष्टि जनाएका थिए ।
तर,अस्पताले भने अस्पतालमा चिकित्सक सीमित भएको र त्योदिन मुक्तिनाथमा स्वास्थ्यसंग संम्वन्धित कामले मुक्तिनाथ गएको दावी गरेको छ । जोमसोम अस्पतालमा सामान्य उपचार बाहेक अन्य बिरामीलाई सुगम अस्पतालमा रिफर गर्ने विगत देखिकै परम्परा हो ।
मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया,भेन्टिलेटर,भिडियो एक्सरे,एक्सरे र ल्यावको सबै स्वास्थ्य पूर्वाधारहरुको बन्दोबस्त गरिएको छ । तर, स्वास्थ्य उपरकण प्रयोग गर्ने स्वास्थ्य चिकित्सक र टेक्निसियन नहुँदा सुगमकै अस्पताल धाउनु पर्ने बाध्यता छ ।
यतिबेला मुस्ताङ अस्पतालमा स्थानीय नागरिकको अस्पतालको सेवा प्रवाहमा चरम असुन्तुष्टि छ । संघीयतापछि प्रदेश सरकारको मातहतमा रहेको मुस्ताङमा अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापनमा प्रदेश सरकारले, अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले खासै पहल गरेको पाईदैन ।उनीहरुले जनशक्ति व्यवस्थापनको पहल भईरहेको जनाएपनि अस्पतालमा चिकित्सक अभावको समस्या ज्यूका त्यूनै छ । एक जना नवौं तहको एमडी उर्तिण चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मी दरबन्दी रहेको मुस्ताङ अस्पतालमा अहिले आधा पनि जनशक्ति छैनन् । त्यसमा पनि धेरैजसो जनशक्ति कार्यालय सहयोगी र प्रशासन शाखानै बढी छन् ।
अस्पताल स्थापनाकालदेखि हालसम्म मुस्ताङ अस्पतालमा एक जना आठौं तहका चिकित्सकले मेसुले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आईरहेको पाईन्छ । अस्पतालमा कार्यालय प्रमुखसहित अर्को एक मात्र चिकित्सक छन् । संघीयता अघि मुस्ताङ अस्पतालमा छात्रवृद्धि सुविधाबाट पढेका करार छात्रवृद्धि चिकित्सक निकै ठुलो संख्यामा हुन्थ्यो । तर,पछिल्लो समय सरकारी सुविधा लिएर आउने करारका चिकित्सक पनि यहाँ आउँन मान्दैन । चिकित्सकलाई क्षमता ,योग्यता अनुसारको प्रोत्साहन भत्ता र सेवासुविधा नहुँदा चिकित्सक ल्याउन कठिन भएको अस्पतालको भनाई छ ।
२४ सै घण्टा सेवा प्रवाह गर्नुपर्ने स्वास्थ्य जस्तो संम्वेदनशील संस्थामा चिकित्सक अभाव हुँदा यहाँका स्थानीय नागरिक,पर्यटक र यहाँ कामदार गरी बस्ने अस्थायी नागरिकलाई स्वास्थ्य उपचारमा निकै ठुलो समस्या पर्ने गरेको पाईएको छ ।
१५ शैयाबाट २५ शैयामा बढोत्तरी गरिएको मुस्ताङ अस्पतालमा करोडौं लागतमा स्वास्थ्य भवन निर्माणधिन अवस्थामा छ । तर,भवन जस्तै विशाल स्वास्थ्य उपचार पाउन नसक्नु दुर्गम क्षेत्र भएकै एक पीडाँ हो । अहिले अस्पतालको शल्यक्रिया, भिडियो एक्सरे सुविधा ठप्पै छ । दुई वर्षअघि शल्यक्रिया सेवा सुविधा दिन थालिएको अस्पतालमा एमडिजिपी चिकित्सक स्थायी रुपमा टिक्न सकेका छैनन् । अस्पतालबाट एमडिजिपी चिकित्सक डा. कुन्दन कर्ण र मुखिया घलेले अस्पताल छोडेर गएपछि नयाँ एमडिजिपी चिकित्सक झिकाउन मुश्किल परेको छ ।
पटक पटक प्रदेश सरकार र सरोकारवालालाई लिखित र मौखिक ध्यानआर्कषण गराएपनि चिकित्सक आउन नसकेको अस्पतालका निमित्त मेसु तेजेश नेपालले बताए । अस्पतालमा नागरिकको गुनासो बढेको सुनेको र त्यसको मुख्य कारण चिकित्सक व्यवस्थापननै भएको जनाए ।
त्यसो मुस्ताङ अस्पतालमा स्वास्थ्यकर्मीहरुले अस्पतालको सेवामा खुलेर चाँसो नदिएको गुनासो पनि छ । चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई सेवा लिनका लागि फोननै गरेर बोलाउनु पर्ने बिडम्वनानै छ । अस्पतालका बिरामी सेवा नबसी मनलाग्दी बाहिर घुमफिर गर्ने,कोठामा बस्ने गर्दा अस्पताल पू¥याईएका बिरामीलाई निकै सास्ती हुँने गरेको नागरिकको गुनासो छ । तर, यी सबै आरोप सत्य नभएको मेसु नेपालको भनाई छ । उनले चिकित्सक,अहेब,प्यारामेडिसियन र ल्याव टेक्निसियन अभाव भएपनि आफुहरु कार्यक्षेत्र छोडेर बाहिर नगएको दावी गरे ।
अस्पतालबाट रिफर गरिएका क्रिटिकल बिरामीलाई सुगमको अस्पतालमा लैजानसमेत भरपर्दो एम्बुलेन्स छैन । अस्पतालका मेसु नेपालले अस्पतालका लागि बि ग्रेडको एम्बुलेन्स खरिद प्रक्रियामा रहेको जानकारी दिए ।
मुस्ताङ अस्पतालमा बग्रेल्ती स्वास्थ्य समस्याका चाँङैचाङ रहेपनि यसको सुधारमा कसैको ध्यान पुग्न सकेको देखिदैन । यसैगरी मुस्ताङ अस्पतालबाट क्रिटिकल बिरामी सुगम अस्पताल लैजादा हवाई सेवा भएपनि स्थानीय विपन्न नागरिकको पहुँचमा छैन । उनीहरुले हेलिकोप्टर चार्टर गर्ने सामथ्र्य पनि हुँदैन । कुनै विपद्का संम्भावित घटनाका घटेको अवस्थामा त झनैै यहाँका अस्पतालको सेवा सहज रुपमाकस्तो होला कल्पना गर्न सकिन्न । यहाँका नागरिकलाई भरपर्दो स्वास्थ्य उपचार,हवाई सेवामा पहुँच र एम्बुलेन्स सेवा लिन कठिनाई हुँदा मुस्ताङक नागरिकले निकै ठुलो स्वास्थ्य समस्या भोग्न बाध्य छन् ।