कीर्तिपुर -१ थाम्बहाल टोलमा हुँदैछ भने उक्त कार्यक्रमलाई आन्तरिक एवम् वैदेशिक महोत्सवको रुपमा अनुशरण गर्न सबै अपिल साथ प्रवर्द्धनमा सहयोग गर्न अनुरोध साथ सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ।
यो पर्व विशुद्ध नेवा: सभ्यतासँग आवद्ध रहेका परिकार हुन् । नेवा: सभ्यताले भोगचलन गरि आएका लगायत आफ्नै संस्कारमा समावेश गरिरहेका सत्य र तथ्यता हुन् । समाजलाई सामाजिकआर्थिक रुपमा विकास गर्ने उद्देश्य अनुरुप नेवा: लहनाले विगत १८ वर्ष देखि आफ्नो काममा निरन्तरता दिई आएका छन् भने विश्वमा नेपाल चिनाउने सानो प्रयास थालनी स्वरुप स्थानीय आर्थिक रुपान्तरणको कार्य पनि गर्दै आएका छन् । ७७ घरपरिवार आवद्ध ३३२ जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाएका छन् भने वार्षिक ५००० डलर आयश्रोत आर्जन गर्न सफल पनि भएका छन् । टोल समाज देशमा रोजगारी आतंक बनेको अवस्थामा नेवा: लहना निश्चिन्त भई काममा आत्मनिर्भर छन् । विश्व सरसफाइ मुख्य योजनाको रुपमा अनुशरण गरेका छन् ।
नेवा: लहना जाँडरक्सी पर्व वा नख: भनिए तापनी यसको मुख्य एजेन्डा भनेकै रैथाने कुनै पनि हालतमा यो देशका रैती होइन् । यहाँका आदिवासी जनजातीकै कारण नेपालको अस्तित्व रहेका हुन् भन्दै नेवा: सभ्यताले खाने परिकार सहित पिउने पेय पदार्थ जस्लाई सभ्य र शालिन हुन पिउने शक्तिवर्द्धकको लिन साथै नेवा: सभ्यताले आफ्नो जीवन कालमा आवश्यक औजार लगायत भाँडाकुँडाको पनि प्रदर्शनी गरेका छन् । हिजो इतिहास बनी सकेका गर्भमा लुकेका आज प्रदर्शनीमा राखिनु भनेकै त्यसको सत्यता बुझ्नु र वर्तमान त्यही अनुरुपमा जान नसकेपनी बुझ्नुपर्छ बुझ्नसकिन्छ भने विश्वलाई देखाउन सकिन्छ, ज्ञानको रुपमा पुर्खालाई चिनाउन सकिन्छ भन्ने उद्देश्य पनि रहेको छ । नाम जाँडरक्सी पर्व वा नख: भनिए तापनी त्यसको प्रवर्द्धन भन्दा इतिहास अर्थात पितापुर्खाको जीवन शैली दर्साउने उद्देश्य रहेको छ भने मात्रा मिलेन् भने पानीले पनि शरीरमा खराब असर गर्दछ भन्ने नारा सहित नेवा: लहनाले जाँडरक्सी पर्व मनाई रहेको छ ।
आफ्ना छोरीचेलीहरु विशेष पाहुना बनाई उनीहरूबाटै सत्कार गर्दै माइतमा रमाउने वातावरण सृजना गर्दै उक्त नख: भव्य र सभ्यको रुपमा उत्सवको रुपमा साँस्कृतिक कार्यक्रम गर्दै समाज रुपान्तरण आवश्यक छ त्यो आफ्नै संस्कार, सम्पदा सम्वर्द्धन एवम् प्रवर्द्धन गरि पनि गर्न सकिन्छ साथै आर्थिक रुपान्तरण पनि हुन्छ भन्दै राज्यले लिनुपर्ने जिम्मा नेवा: सभ्यता नेवा: लहनाले लिएका छन् । मौलिक बाजागाजा बजाउने देखि लिएर नयाँ नौलो कलाकारको हौसलाको एउटा सानो स्टेजको पनि व्यवस्था गरिनु आफैमा प्रशंसा गर्न लायक कुरा हुन् भन्दै पुन: पर्व अर्थात नख: जाँडरक्सी भनिए तापनी त्यसको लक्ष्य उद्देश्य भनेकै हामी अर्थात आदिवासी जनजातीले संस्कार उपभोग गर्ने सभ्य र शालिन हुन पिउने शक्तिबर्द्धक पेय पदार्थ विश्व बजारिकन हुनुपर्छ । रैथाने उत्पादनलाई गुणस्तर र करको दायरामा ल्याई बेच्ने अर्थात रोजगारी सृजना गर्ने काममा सरकारले मान्यता दिनुपर्छ ।
विदेशी पेय पदार्थले हाम्रो अर्बौं रुपैयाँ विदेशिएको कुरालाई सरकारले मनन गर्न सक्नुपर्छ । विदेशीलाई हाम्रो रैथाने उत्पादन के हो बुझाउन सरकारले आवश्यक पहल गर्नुपर्छ भन्ने माग नेवा: सभ्यताभित्रको नेवा: लहनाको रहेको छ ।
जाँडरक्सी पर्वमा पाईने पेय पदार्थहरु
रक्सी
१) एक नम्बरको रक्सी
२) कोदोको रक्सी
३) गहुँको रक्सी
छ्याङ्ग
१) १ नं. को छ्याङ्ग
२) २ नं. को छ्याङ्ग
३) निगार
४) कच्चा छ्याङ्ग
५) विशेष छ्याङ्ग
६) बाक्लो छ्याङ्ग
७) रातो छ्याङ्ग
८) गहुँको छ्याङ्ग
९) कोदोको छ्याङ्ग
१०) मकैको छ्याङ्ग
रोटि
१) घ: मलि ( विशेष रोटी)
२) आटा रोटी
३) ग्वारा मलि ( मोटो रोटी)
४) ल्वचां मलि ( परम्पारिक रोटी)
५) चतांमली ( चटामरी)
६) य:मलि ( योमरी)
खानेकुराको परिकार
१) आलुछयाना(आलुपिधेंको)
२) गुन्द्रु/ लबा/ पालु/ वामु मल्ता छ्याना(गुन्द्रुक, लसुन, अदुवा, हरियो खुर्सानी पिधेको)
३) कचिला/ छोयला/ जंला/ दायकुला ( कचिला, छोयला, छाला, पकाएको मासु)
४) समयबजि(समयबजी )