मेरो भाषाले खोज्ने शब्द विकास यस्तै हो ।
कोहि अन्धो मान्छेले देख्न थालिईयो भने उसले सर्वप्रथम आफुलाई जीवनभर साथ दिइएको लौरो फाल्ने काम गर्छ । मनुष्यको बुद्धि भनौं या कमजोरी लाचारी सत्यता यस्तै हो । उसलाई कस्ले साथ दिए त्यो भन्दा नि आफ्नो स्वार्थ के हो त्यस्मै बढी झुमिन थाल्छ जस्तै मौरीको मह र झिंगाको गुँ भने झैं जस्मा आफ्नो विचार मुख्य हुन्छ । हुन त मनुष्य तीन प्रकारका हुन्छन् पात, हाँगा र जरा । पात रुपि मनुष्य मौसममा भेटिने सम्बन्ध जस्तै हो भने हाँगा केही वर्षसम्म आकार दिन तत्पर रहन्छन् भने जरा गुरिल्ला युद्धमा होमिएर आफ्नो अस्तित्वमा डटेको भेटिन्छन् । यहाँ पात रुपि मनुष्यले मल बन्ने सोच राख्नुपर्छ । म पात हुँ रुखको लागि आवश्यक पोषण हुँ मैले आफ्नै पोषणकै कारण अहम् क्रोध त्याग्नुपर्छ बुझ्नुपर्छ भने हाँगाले रुखकै प्रतिनिधित्व गर्ने हुँदा आकार अर्थात पहिचान योगदानको आधारमा खोज्नुपर्छ भने जराले मजबुत कुरा जिवन्त राख्नुपर्छ । जो जति नै जता फैलिए पनि साथ सहयोग रुखकै लागि दिने हो । रुखकै तीन स्वरुपयुक्त अन्ततः मनुष्य नै हुन् बुझ्नुपर्छ ।
मनुष्य उड्न पनि सक्छ
घस्रन पनि सक्छ
साथै फैलिन पनि ।
बहुगुणी जीव
मनुष्य हुन् ।
मनुष्यले सत्य सोच्छ
सत्य बोल्छ ।
सत्य सोच्दा बोल्दा
सुन्दा
रिस हुनु
मनुष्य पापी हुनु हो ।
पापमा पुण्य हुन्न ।
पुण्य नभएको कार्य विकास होईन् । विकासमा उन्नति र समृद्धि हुन्छन् । छल कर हुन्न । मनुष्य यो सोच्नुपर्छ यदि मनुष्य हो भने... पात जस्तो भएपनि मल बन्ने लक्ष्य छोड्नुहुन्न । उड्न सक्छु भन्ने यथार्थता बोध हुनुपर्छ । सुन्दर आकार दिन सक्छु सोच्न सिक्नुपर्छ । साथ र जीवनको लागि जरा झै घस्रेर ठडिन सक्छु अठोट राख्नुपर्छ । त्यही अठोटले मनुष्यलाई मनुष्य बनाउने हुन् । त्यस्तै दूधलाई सताउदा दही बन्छ । पुन: दहीलाई सताउदा मखन बन्छ भने मखनलाई सताउदा घ्यु बन्छ जुन सबै सेतै हुन्छन् । सेतै हुने परिवेश कष्टमा पनि एउटै हुनु मनुष्यको आचरण हुनुपर्छ । परिवेश परिस्थिति जति नै कष्टकर भएपनि स्वरुप नफेरिकन निरन्तरतामा अडिक हुनु मुल्यावान बन्नु हो । मनुष्य त्यही हो । तुच्छ स्वार्थ र कष्ट रंग स्वरुप पहिचान पुण्य परित्याग मनुष्यले कदापी गर्नुहुन्न । महत्व र अस्तित्व बरकरार राख्न सके मात्र मनुष्य जीवनको अर्थ रहन्छ । सत्ताशक्ति र पदिय दायित्वले मनुष्यलाई गुलाम बनाउँछ यदि दूध जस्तै घ्यु बन्ने समयसम्म पनि सेतै नहुने हो भने वा पात, मल बन्नसक्छु बिर्सिने हो भने आकार हुने कोसिस हाँगाले त्याग्ने हो भने वा जरा जस्तै फैलिन सक्छु नसोची अन्धोले देख्न थालेपछि लौरो छामछुम गर्दै हिड्छ भने सम्भव भएसम्मको सहकार्य विकास जीवनमा आउँदैनन् । प्रकृतिले दिने सराप कहिल्यै विकास हुनेछैन् ।