स्याउ र आलुमा किसानको आर्कषण बढेपछि फापर बाली ओझेलमा प¥यो

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा कार्तिक सुरु भएसंगै यहाँका किसानलाई रैथाने बाली फापर थन्क्याउन भ्याई÷नभ्याई छ । बर्सेनि उवा र जौ लगायतका अन्नबाली थन्क्याएपछि असार र साउन महिनामा मुस्ताङका किसानले आफ्नो खेतबारीहरुमा फापर छर्ने गर्छन । यसरी छरेको फापर असोज ÷कार्तिकमा काट्न सुरु गरिन्छ । । फापर खेती हिमाली जिल्लाको महत्वपूर्ण खाद्यबाली हो ।

समुन्द्री सतहको १९८४ मिटर अग्लो उचाईदेखि ३९०० मिटरको अग्लो उचाईसम्मको खेती योग्य जमिनमा फापर खेती गरिने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । हिमाली जिल्ला मुस्ताङमा उवा ,जौ ,मकै ,आलु ,बोडी लगायत खाद्य बालीका अलावा फापर खेती पनि मुख्य थकाली परिकारको ब्रान्ड बनेको कार्यालय प्रमुख बस्ताकोटीको भनाई छ । अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो भएपनि मुस्ताङका किसानले केवल घरायसी प्रयोजन र देश—विदेशमा बस्ने आफन्त÷ इष्टमित्रलाई कोशेली पठाउन मात्र फापर खेती गर्ने कार्यालय प्रमुख बस्ताकोटीको भनाई छ ।

खेतबारीाम फापर छरेपछि सामान्य गोडमेल गरी पानी सिन्चित गरेमात्र पुग्छ । फापर खेती अन्य खेतीको तुलनामा कम मेहनत गरे पुग्छ  । असारमा छरेको फापर कार्तिक महिनामा पाकेपछि काटेर एकसातासम्म खेतबारीमै घाममा सुकाईने र त्यसपछि फापरको चुटेर केस्रा निकाल्ने गरिन्छ । 

खेतमा सुकाईएको फापर पूर्ण रुपमा खङ्रङ सुकेपछि त्यसलाई खेतमै लौरोको सहायताले चुटेर फापरको केस्रा निकाल्ने गरिन्छ । यसरी निकालिएको केस्रा गेडा नजिकैको घट्ट वा मेशिनमा लगेर पिसेपछि अर्गानिक फापरको पिठो तयार हुन्छ ।

मुस्ताङको मुख्य उत्पादन रहेको रैथाने फापर खेती मुस्ताङको ५ वटै स्थानीय तहमा हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । स्थानीयका अनुसार मुस्ताङको थासाङ —१ टुकुचे देखि माथि लोमान्थाङको सीमावती गाउँसम्म फापर खेती हुने गर्छ । उपल्लो मुस्ताङमा बैशाख महिनामा फापर छरेर कार्तिक महिनामा फापर बाली घरमा भित्र्याईने गरिन्छ । तल्लो मुस्ताङमा असार ÷साउन महिनामा फापर छरेर असोज ÷कार्तिकमा फापर भित्र्याउने चलन छ ।

 मुस्ताङका किसानले यतिबेला खेतबारीमा फापर काट्ने, काटेको फापर खेतमै सुकाउने र खेतबारीमा फापरका केस्रा निकाल्न व्यस्त छन् । ठुलो परिमाणमा व्यवसायिक रुपमा नभई यो फापर खेती केवल घरायशी प्रयोजनका लागि मात्र अपनाईएको पाईन्छ । फापरको पिठो अहिले मुस्ताङमै एक पाथीको एक हजारदेखि ब्राह सयसम्म मुल्य पर्छ । खेतबारीमा लटरम्म फापरको फुल फुल्दा वातावरण मनमोहक बनाईदिन्छ । 

फापरको बोटको हाँगा ११० सेमीसम्म झुप्पा भुप्पामा हलुका गुलावी रंगको फुलहरु फुल्छन् । यसको दाना हलुका कालो रंगको हुन्छ ।खेतबारीमा फापर पाकेपछि आवश्यक कृषि विधि अपनाएर केस्रा निकालिन्छ । यसरी निकालिएको फापरको दाना नजिकैको घट्ट वा मेशिनमा पिसेर पिठो तयार गरिन्छ । फापरको पिठोको ढिडो र रोटी र विभिन्न परिकार बनाएर खाने चलन छ ।

चिसो हावापानीमा उत्पादन हुने फापरको पिठो २ प्रकारको हुने गर्छ । मुस्ताङका स्थानीय किसानले तिते र मिठे पापर उत्पादन गर्ने गर्छन् ।अनुकुल मौसम र सन्तुलित हावापानीमा उत्पादन हुने फापरमा कार्बोहाईट्रेड ,प्रोटिन र लाईसिन एमिनो एसिड जस्ता खनिज तत्व पाईने गर्छ ।नियमित पापरको पिठोको परिकार सेवनले मधुमेह ,उत्तरक्तचाप र सुगर लगायतका दिर्घ रोगका बिरामीलाई जिवन उपयोगी हुने गर्छ ।

 मुस्ताङका स्थानीय किसानले सदिंयौकाल देखी उवा ,जौ ,आलु जस्तै निरन्तर रुपमा फापरको खेती गर्दै आइरहेको पाइएको छ । मुस्ताङ किसानले खेतबारी मात्र नभई स्याउ बगैचा भित्रको खाली जमिनमा समेत फापर खेती गर्ने गरेका छन् । सडक संञ्जालले नजोडिदा मुस्ताङमा उत्पादित कृषि जन्य बस्तुको बजारिकरणमा निकै समस्या पर्ने गरेकोमा पछिल्लो समय सडक सञ्जालले जोडिएपछि फापर लगायतका खाद्य अन्नबाली उपभोक्तामा माग बढेको छ ।

मुस्ताङका किसान अजित थकालीले रेथानेबाली फापर पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको सुनाए । मुस्ताङमा खेती योग्य जमिन कम भएको र भएका खेतीयोग्य जमिनमा पनि बढी मुनाफा स्याउमा हुने भएकाले फापर खेती अपनाउन छोडेको  किसान थकालीको भनाई छ ।

 फापर खेती सहज रुपमा गर्न सकिने भएपनि गोरुझोपा र कामदारको जोहो गर्दा बढी खर्च लाग्ने गरेको उनले बताए ।उनले लगाईएको फापर राम्ररी सप्रियो भने केही फाईदा हुने र सप्रिएन भने घाटा लाग्ने उल्लेख गरे । 

पछिल्लो समय मुस्ताङ आउने पर्यटकको समेत यहाँका अर्गानिक रैथाने उत्पादन फापरको डिडो र रोटी मुख्य आर्कषण बन्न थालेको छ । स्थानीयले बिशेष स्थानीय चाडपर्वमा फापरको पिठो प्रयोग गर्छन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापरको पिठो हिजोआज सहर÷बजारको भान्साघर र होटलहरुमा मुख्य परिकारका रुपमा ग्राहकलाई पस्किने गरेको किसान थकालीको भनाई छ । विभिन्न मेला महोत्सवमा पनि फापरको विभिन्न परिकार बनाएर बेच्ने गरिन्छ ।



प्रतिक्रिया