नेपालमा दैनिक ९७ वटा सवारी दुर्घटना अौसत ७ जनाको मृत्यू

काठमाडौँ । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष मात्रै ३५ हजार चार सय चार वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना साधारण घाइते भएका छन् । सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।

सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गतवर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल र स्कुटर, छ हजार आठ सय ३७ कार र जिप, दुई हजार एक सय ९३ बस, एक हजार पाँच सय २० साइकल र रिक्सा, एक हजार चार सय ६८ ट्रक र ट्याङ्कर, एक हजार चार सय ७४ टेम्पो र म्याजिक, सात सय ८३ ट्रयाक्टर र चार सय माइक्रोबस दुर्घटना भएका थिए ।

प्रतिक्रिया