कास्कीको प्रमुख जिल्ला अधिकारीको समन्वयमा डा. भट्टराईले पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेसँग भेट गरेका हुन्। लामिछाने हाल कानुनी प्रक्रियामा रहेका छन्, जसको बारेमा धेरै चर्चा भइरहेको छ।
डा. भट्टराईको यो भेटलाई राजनीतिक महत्वका रूपमा हेरिएको छ, किनकि लामिछानेको पार्टी र उनका समर्थकहरू यो घटनालाई गम्भीर राजनीतिक विषयको रूपमा लिएका छन्।
रवि लामिछानेविरुद्ध दायर मुद्दाको कानुनी प्रक्रिया जारी छ। यस सन्दर्भमा डा. भट्टराईले प्रहरी कार्यालयमा पुगी लामिछानेको स्वास्थ्य अवस्था र कानुनी प्रकृयाको जानकारी लिएको बताइएको छ।
यो भेटपछि डा. भट्टराईले पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै भने, “देशको राजनीतिक परिवेशलाई स्थिर राख्न सबै दलले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ। कानुनले आफ्नो बाटो लिनेछ।”
यस घटनाले राजनीतिक वृतमा नयाँ तरङ्ग उत्पन्न गराएको छ। रवि लामिछानेका समर्थकहरूले उनलाई रिहा गर्न माग गरिरहेका छन् भने प्रहरी प्रशासनले कानुनी प्रक्रियालाई निष्पक्ष रूपमा अगाडि बढाइरहेको दाबी गरेको छ।
(आमा दर्शन न्यूज)