किर्तिपुर- हाम्रो शरीर एक ठाउँ जुन
सेतो छ त्यहाँ सोचविचार शान्ति हुनुपर्छ भन्न रंग रातो बग्छ । जसलाई
दिमाग नामाङ्कन गरिएको छ । त्यहाँबाट जीवन पनि बग्छ भने त्यहिभित्र चित्रगुप्त पनि
हुन्छ । हामीलाई लिन आउने भनिएको चित्रगुप्त हामीसँग नै छ । हाम्रो दृष्टि गोचरणले
कैद गरिएका अपराधिक चित्रहरु लुकाउनु वा गुप्त गर्नु नै जीवन आयुको हिसाब दिनु हो
जसमा यम अर्थात नियम हुन्छन् । त्यसको पालना नै यातना मुक्त सोच हुन् । भयहिन सुख
हुन् । एक छाक मीठो स्वस्थ बर्द्धक भोजन इन्धन हुन् ।
पृथ्वीले सुर्यको
परिक्रमा गरे जस्तो यस्तो वा यो जस्तै अरु कुनै त्यस्तोमा हाम्रो जीवन घुम्नुपर्छ
। यी यस्ता कुरा हाम्रा गुरुजनले सिकाएनन् । ऊ गुरु ब्रम्हा श्लोक वाचन गर्दा मनमा
शान्ति उत्पन्न भए सरह चित्र नियमपुर्वक संचय गर्दा त्यसबाट उत्पन्न उर्जा सुखशिल
हुन्छन् भन्ने तार्किक कुरालाई आफुमुखी गुरुजनद्वारा चित्रण गरिएको अहिलेको परिवेश
छ । जस्मा आफु बच्न युगलाई परिभाषित गरिईयो जबकी पर्यावरण नास पश्चात् मौसम
प्रतिकुल भएको बाहे अरु अन्य पानीको ठाउँमा अर्को पिएर प्यासपुर्ती हुने, माटोको सत्संग बेगर जीवन
हुर्किने कथा यहाँ रचना भएको छैन् । वाचन गर्ने दिन आउने छैन्, युग आयो भन्न सक्ने समयमा
हामी हुनेछैनौं । अत: त्यही परिवेशमा टेकेर गुरु ब्रम्हा भनिएको श्लोक राजनीति हो
भन्ने कोशिश गरेको छु ।
हाम्रो जीवनलाई धरातलमा
टेकाउने गुरु हुन् । कुनै बेला यथार्थता नियमपुर्वक चित्रण गर्ने काम गुरुद्वारा
राम्रो नीति(राजनीति)मा गरिन्थ्यो । जसबाट हामी ज्ञान हासिल गर्छौं । ज्ञान, गुरु हुन् । यस्तोमा
पृथ्वी खुम्चिने र सुनिने रातहरुबाट दिन हुने पुन: त्यही दिन फेरि रातको सिरक
ओढ्ने अनेक प्रयास पश्चात् आजको धरातल टेक्ने वातावरण बन्दा पर्यावरणमुखी
हुनुपर्ने अनेक श्रोत साधान सुविधामुखी हुने दुष्प्रयासमा सम्पदाको घाँटी रेट्ने
काम भए । पहिचान कुनै बोर्डमा लेखिएको जस्लाई डस्टरले मेटाउन सकिन्छ षड्यन्त्रका
कुराहरू ज्ञान बने । चरित्रलाई सम्पत्तिको तराजुमा तौलिने मञ्चनहरु गरे । यी
कार्यहरू गुरुजनद्वारा फत्ते गरे । पुन: गुरुको सार म राजनीति हो भन्नमा अगाडि
लागे । राजनीति अर्थात राम्रो इमान भएको नीच जसमा मनुष्य रुबरु भए/ बने ।
अनि त्यसबाट प्राप्त कुराहरू व्यवस्था अनुरुप
बदल्न खोजे । जबकी कुनै पनि व्यवस्था कहिल्यै मनुष्य विपरीत थिएनन् । हाम्रो
वर्तमानबाट विगतलाई हेर्ने हो भने हामीसँग अनेक व्यवस्थाहरु सत्संगमा जोड्न आए ।
जातिय हिसाबले सत्ताको कुरा भए । तर त्यो सत्तामा त्यो राजनीति जान्ने नै प्रमुख
दोषी मैले महसुस गरे । व्यक्तिले गरेका दुष्चित्रलाई खोज्ने, स्वार्थलाई हावा दिने
जसलाई विभिन्न आन्दोलनको नामाङ्कन गरिईयो । राम्रोलाई राम्रोले मेटाउने प्रयास
यहाँ कुनै शिक्षाले गरेनन् भने कोहि ब्रम्हाले, गुरुले व्यक्तिको विचार
खराब हुन्छन् त्यसको सुधार विचार नै हुन् राम्रो विचार भन्न सकेनन् जस्को कारण
हामी व्यक्ती परिवर्तन राजनीतिलाई व्यवस्था परिवर्तनको नाउँ दिई मसालबद्ध हुँदै
हिड्यौं ।
हिजो शक्तिले पढाएका पाठ्यक्रम आज सिद्धान्तले पढाउने गरेका छन् । फलत: व्यक्ती परिवर्तनलाई व्यवस्था परिवर्तन भन्दै लाद्ने गुरुहरुको षड्यन्त्र हामी फसेका छौं । हिजो शाहवंशीय राजाले टुक्रा छर्नुहुन्न भन्दै शक्तीले राजनीति पढाए । त्यही शक्ति तोडफोड हुने विचार गुरुबाट राणाहरुले आफ्नो हैकम १०४ वर्ष चलाए । क्रूर भए लाञ्छना स्वरुप स्वतन्त्र हुनुपर्छ मागले प्रजातन्त्रको कुरा भए । शाहदत हासिल गर्न सक्छु कुरासँगै सहिदहरु उफ्रीए । त्यसमा पनि व्यक्ति हाबी भए जसको परिणाम पुन: अर्को व्यवस्था जुरमुराए । जसलाई फेरि ढाल्यो र स्वतन्त्र नै हुनुपर्छ भन्ने गरुजनहरु लागे । व्यवस्था परिवर्तन यहाँ पनि भएको छैन् । जनयुद्धले १७ हजारको शाहदत खोजे । संविधानसभा भन्दै लोकतान्त्रिक गणतन्त्रबाट अगाडि बढ्ने प्रयास भै रहँदा यसमा पनि त्यस्ता गुरुहरु धेरै जन्मिए । यो व्यवस्था पनि खराब छ भन्ने हल्ला भए । धेरैले हो पनि भन्न थाले । गुरु ब्रम्हाहरुले व्यक्तिको दोष व्यवस्थामा देखे । आफुहरु राम्रो हुन छोडी अरु दोषी हुन् भन्न सिकाए हामीले मान्यौं । गुरु हाम्रा ब्रम्हा हुन त्यसरी बुझ्यौं । हाम्रो सेतो तन्तुबाट बगेको तातो रातो जन्तुलाई मानवीय गुणसँग विश्लेषण गर्न छोड्यौं जस्मा परिणाम भन्नु नै युगका कुरा हुन गए । आफु र आफ्नो यथार्थता परिवर्तनसँगै शुद्धीकरण हुनु पर्नेमा अरुकै कमिलाई दोष भन्दै सच्याउन छोडी फेर्ने परम्परामा हामी सरिक हुँदै गयौं । हाम्रो दोष यहि यस्मै छन् । अगाडि नराम्रो भएर हामी राम्रो भएको कुरालाई मात्र जोड दिई जीवन घटाउने काम व्यवस्था परिवर्तनको जग बने । यो काम हामीलाई गुरु ब्रम्हाहरु सिकाए जसको पुष्टिको लागि म यहाँ केही गर्न अघि सार्ने चेष्टा छु ।
कीर्तिपुरमा पृथ्वीनारायण
शाहको ज्यादतिको कथा धेरै छन् । र हामीले त्यसलाई बुझ्ने कसरी भन्दाखेरी शक्ति
व्यवस्था थियो त्यो भने कीर्तिपुरसँग युद्ध गरिएको थियो । हिंसा र हत्याले कुनै
परिणाम खोजिएको थियो । तर हाम्रा गुरुहरुले त्यसलाई युद्ध भन्न छोडी राजा पृथ्वीनारायण
शाहले यो र त्यो गरिईयो मात्र भनिइयो तर त्यसको विकल्प राणाहरुले पुन: शक्तिकै खेल
रचेर पदच्युत जस्तै गराए । हामीलाई सुरुदेखि राजा व्यवस्था विरुद्ध विष वामन गर्ने
सोच मात्र लादिईयो जबकी राजा व्यवस्था विरुद्ध होईन् राजा व्यक्ती विरुद्ध
हुनुपर्ने सोचलाई अन्तै हाम्रा गुरुहरु मोडे । हामी आज त्यसकै सजाय भोग्दै छौं ।
हाम्रो शिक्षाले सराप्दा नि त्यही जप्दै छौं । नाक काटिएको विरुद्ध लड्दैछौं जबकी
व्यवस्था परिवर्तन पश्चात् त्यससँगको संघर्ष समाप्ति भयो भन्न छोडी पुन: जागरणकै
भजन किर्तन भई रहेको अवस्था छ ।
त्यो अवस्था छ र रह्यो भन्नु नै हाम्रा
गुरुजनहरुले व्यक्ती फेर्ने विचारलाई व्यवस्था परिवर्तन नाउँ दिई अगाडि लागे । यदि
राजा व्यवस्था क्रुर नै थियो भने युद्ध पछि परिणाम जित भनिईयो त्यसको दिन देखि
त्यो राजा व्यवस्थाले हामी कीर्तिपुरेहरुको लागि राजा व्यवस्थाले भिमसेन थापाको
नेतृत्वमा पिउन लायक पानीको व्यवस्था कीर्तिपुरमा गर्ने थिएन् । मच्छेगाउदेखि बाँध
बाँधी ऐतिहासिक नहर(ढ:पा) बनाउने थिएन् । पुन: व्यवस्था गलत थियो भने क्रुरता
देखाईएका जनाताको घाँटी भिजाउने काम गर्ने थिएनन् । जनताले ल्याएको प्रजातन्त्र
व्यवस्थाले त्यही ऐतिहासिक नहर(ढ:पा) पुर्ने थिएनन् भने लोकतान्त्रिक गणतन्त्र ठिक
थियो भने सम्पदा संरक्षण एवम् पर्यावरणको लागि सुहाउँदो पोखरीहरु पुरेर भवनहरु
बनाउने थिएनन् ।
अन्तमा, व्यवस्था सबै राम्रै छन् तर माटो सुहाउँदो कुरा यहाँ भएन् ।
व्यक्तिले गरेका क्रुरतालाई यहाँ हाम्रा गुरु ब्रम्हाहरुले आफ्ना स्वार्थसिद्धको लागि व्यवस्थामाथि हमला गरिईयो । त्यसको कमिको सुधार पक्षलाई वास्ता गर्न छोडी यो र त्यो भएन् भन्दै माटोको सराप खेपे । गाडी चढ्न हामीलाई खाडीमा पठाए । सम्पदा संस्कारमाथी हमला गर्न सत्ता शक्तिको खेल रचे । स्वार्थमा मातृत्व बिर्से । व्यवस्थाको कमि देखाउँदै हामीलाई जुधाउँदै रजाई गरे । हिजो सेतो झिल्के टावर बनाउनु हुन्न विरोध गर्नेहरु आज सम्पदामा कमिसन हुनुपर्छ सोच राख्दै सौन्दर्यकरण गर्नमा लागि परेका छन् । पर्यावरण र श्रोतको खनिएका खाल्डोहरु घाँडो मान्न सिके । हाम्रा गुरुजनहरु ब्रम्हा हामीले मान्दा नि परिवेश परिस्थितिले मानवीय संरचना विरुद्ध उभ्याएको देख्दा दु:ख लग्छ । प्यास मेटाउन घाँटी रेट्ने सोच हुनु आफैमा अभिषाप हुन् । त्यसैले यात्राको संस्मरण गर्दै पुन: अगाडि बढ्न अनुरोध गर्दै ब्रम्हा बन्न सक्ने गुरुजनहरु अरु नबनुन् । जय होस् ।