अपराध गर्न पापको उदाहरण दिनुहुन्न ।
प्रशान्त महासागर
महाभारतको युद्ध सकेपछी सय कौरवको मृत्यु पश्चात् धृतराष्ट्रले कृष्णसँग गरेको वार्तालाप
धृतराष्ट्र : हे वासुदेव मैले मेरा सय पुत्र किन गुमाउनु पर्यो ? मेरो अन्त्येष्टिको लागि एक पनि पुत्र शेष भएन् किन ?
कृष्ण : हे ! धृतराष्ट्र जन्म पछिको जीवन कर्मको फल हो । तिमीले आज भन्दा ५० जुनि पहिले शिकारको बेला एउटा चरा मारेका थियौ जसको आसमा सय वटा अरु सन्तान बाँची रहेको थियो । आहारको आसमा थिए तिनीहरू सबै मरे । त्यसको वियोग आज भोग्नु परेको हो । सन्तान वियोगमा बाँच्ने अवसर प्राप्त भएको हो ।
धृतराष्ट्र : (रुदै) त्यसको सजाय मैले ५० जुनिपछी किन पाएँ त ?
कृष्ण : तिम्रो सय पुत्र हुन ५० जुनिको राम्रो पुण्यको प्राप्ती हो जुन सहज थिएन् । विधिमा यो तय थियो कि जब पुण्यले सुख प्राप्त हुन्छ तब गलतको सजाय भोग्नुपर्छ लेखिएको थियो । आज सन्तानहिन हुनु त्यसको परिणाम हो । अत: पुण्य कर्म गर ।
यो सम्वादले यति स्पष्ट छ कि सृष्टि विरुद्ध चाहे त्यो अन्जानमै गरेको गल्ती किन नहोस् त्यसको सजाय निश्चित छ । समय बदलिइयो वा त्यो अनुरुपकै यथार्थता असत्यले खोज्छ भने अवश्य त्यसको परिणाम भोग्नुपर्छ । ५० जुनिपछी त्यसको लेखा हुन्छ भने अरु नहुने केही हुन्न ....मनुष्यले सोच्नु बेकार छ । आज आफुसँग सत्ता र शक्ति छ त्यसको दुरुपयोग गर्न सक्छु सोच्नु बेकार छ । व्यवस्था परिवर्तनसँगसँगै सबैको चेतना पनि विकसित भएछ । तरपनि सत्ता र शक्ति आश्रय लिई मौन बस्नुपनि त्यसको भुक्तानी विधिमा दिनै पर्छ । खेल त्यो विधाताको भोग्नैपर्छ । होला आज केही आय त्यसबाट जस्को भुक्तानी हुन्न तिर्नुपर्दैन् बुझ्ने हो र मरेपछी डुम्मै राजा हो वा सत्य लुकाउन, असत्य पाप वा अपराधको उदाहरण पेश गरेर सतिले सरापेको देश भन्दै कालो मोसोलाई सेतो बनाउन आफैमा लेप्न तयार हुन्छन् भने वा त्यसकै प्रतिबिम्ब समाज बनाउँछन् यो जीवनले आजै परिणाम ग्रहण गर्नुपर्छ भन्ने छैन् । दिन आउँछ रातलाई भेटेरै आउँछ । आफुले त्यो रातबाट के सिक्ने अनि दिनमा त्यसको उपयोग बुझ्नु जीवन हो । सत्य र निष्ठा पनि त्यही हो । हुन त हत्या पाप हो तर रावणको बध पुण्य भनिएको छ । कारण रावणले अपहरण गरे । यहाँ रावणले गर्ने अनीति रामले गर्दा सुनीति हुन्छ सोच्नु पनि कहिं न कहिं कुनै न कुनै युगमा सजाय पाईन्छ नै । जीवनमा अपराध गर्न पापको उदाहरण दिनुहुन्न । कुरा रामको गर्ने अनि रावण बन्ने सोच हुनु नै समय कलियुग बनेको हो ।