दुई प्रसंग {कथा}

दुई प्रसंग 

एउटा जङ्गलमा एक जना ऋषिराम तपस्या गर्न हिडे । उसको तपस्या जिवहितको लागि ज्ञान संकलन गर्ने सार थियो । समाज व्यवस्थाको लागि संघर्षशिल उर्जा उत्पादन खोज थियो । सत्यनिष्ठाको लागि गर्ने वचन थियो । तपजपको लागि अनेक दिन जङ्गलमा बिताए । दिनसँगको मतलब भएन् रात कति अन्धकार हुन्छ त्यसको पनि चिन्ताले केही सोच राखेन् । सिद्ध हुन सिद्धि खोजमा समर्पित ऋषिराम सामु अचानक एउटा बाघ आईपुग्छ । बाघले उक्त ऋषिको चक्कर काट्छ । त्यसको आभासले ऋषिराम आतंकित हुन्छ । न आगे न पिछे केही सोच्न छोडी ऋषिराम दौडिन्छ । भगवानको अनेक मन्त्र उच्चारण गरि ऋषिराम दौडिन व्यस्त त्यसको पछि पछि भोकले चूर बाघ । अनेक संघर्ष पश्चात् बाघ सफल हुन्छ भने ऋषिराम असफल हुन्छ । जन्मले पाएको जीवन जन्मकै कारण मृत्यु पाउने हुन् त्यो ज्ञानले स्विकार्य हुनुपर्छ जुन ऋषिरामले बिर्सिए । पुण्यले स्वर्गको खोज गरिए तापनि व्यवहारले नर्कको यात्रा गर्नुपर्यो । जिवजगतको हित अहित सोच्नुपर्ने मनुष्य त्यसमा पनि अझ ऋषि जसको जपतप नै समस्त जीव कल्याणको हुनुपर्छ जस्ले स्वार्थलाई सर्वोपरि मानेर जीवन रक्षामा तुच्छता दर्शाए । ज्यानको लागि ज्ञान अनि पुण्यको लागि पाप संघर्ष अहम् सोचे अन्ततः मरे । समाज र जीव जगत यात्रा टुङ्ग्याए । मनुष्य जीवन व्यर्थ पारे जसको कारण स्वर्ग पुग्नु पुर्व नर्कको यात्रा गर्नुपर्यो । नर्कको यात्रा पश्चात् जब देवलोक पुगे अनि महादेवसँग पुन: आफू ऋषिराम नैं हुँ भन्ने घमण्डमा एउटा प्रश्न सोधे कि प्रभु ! म हजुर परम भक्त मेरो मृत्यु त्यति दर्दनाक किन ? महादेवले मुस्कुराउँदै : म भगवान् तिम्रो मात्र होईन् । अझ तिम्रो गर्ने हो भने तिमीमा त मैले धेरै ज्ञान र बुद्धि भरेको छु । जस्को प्रयोग एवम् सदुपयोगले जीवन रक्षा गर्न सक्छौ । तिमी त्यति क्षमतावान पनि छौ तर तिमी गर्यौ के त भन्दाखेरी स्वार्थको दौड मात्र जस्मा जित बाघको भो भने हारमा आफ्नो गल्ती नियाल्न छोडी भगवान् मलाई बचाउ भन्दै चिच्याउने कार्य गर्यौ स्वार्थमा भगवान सम्झियौ जबकी भगवान बन्न सक्ने क्षमता तिमीमा थियौ जस्को प्रयोग जानिनौ त्यसमा मेरै दोष देख्छौ भने सायद ब्रम्हाले मेरो सुन्दर रचना मनुष्य हौ भन्नू गल्ती पो थियो कि ?

स्वर्ग, कर्म सजायले पुगेको मनुष्य अकमक भए । 

भगवान् बन्न सक्छौ 

जाऔं 

भगवान बन भनिएका मान्छेहरू पशु भन्दा माथिको सोचले खर्चिन सकिएन् । लोभ अहम् स्वार्थ घमण्ड त्याग्नुपर्छ अनेक कुराबाट सिकाउँदा नि त्यसकै वरपर घुमेर जीवन दुष्ट बनाई नष्टमा झुमेको पाईन्छ । आफ्नो स्वार्थले पशु बन्न रमाउँछन् भने त्यसबाट पनि बच्न भगवानले कीर्तिमुख दानवको उत्पत्ति गरेको थियो । 

एक जना योगी आफ्नो सिद्धिले भगवान बने भन्ने भ्रम ज्ञानले चूर भए । भगवान शिव र उक्त योगिको भेट भो । योगिले अनेक हठकन्दा अपनाएर भगवान शिवलाई सताए । रिसले चुर भएर त्यस योगि हत्याको लागि कीर्तिमुख दानवको उत्पत्ति गराए भने शिवको रौद्ररुप देखेर योगिले महादेवसँग क्षमादान मागे । भोलेनाथले तत्कालै माफ गरे । त्यही बेला कीर्तिमुख दानवले भोक लाग्यो के गर्ने सोधे । महादेवले सहजै जवाफ दिए कि आफैलाई खाऔ न त के भनेको थियो फर्की हेर्दा जिउ पुरै खाई सकेको थियो भने हात खाँदै गरेको देखे, रोक्न लगाए । कीर्तिमुख दानवले भोक लागि रहेको छ त प्रभु के गर्ने ? अब देखि मन्दिर आउने भक्तजनको लोभ, स्वार्थ, अहम क्रोध खाऔ, तिम्रो अग्नि रुपि भोकलाई त्यसले शान्त पार्नेछ, तथास्तु भने । शिवको आदेश स्वरुप कीर्तिमुख दानव भगवान भन्दा पुज्यनिय देव भैरव बने । 

मनुष्य आफ्नो लोभ, मोह, स्वार्थ, अहम, घमण्ड त्याग्न सके भगवान सरह नै हो । यी दुई कथाले मनुष्य भगवान बन्न नै जन्मेको हो तर बन्न चाहदैनन् भन्ने कुराको उजागर गरेको छ । कहिं न कहिं केही न केहिले बेतुकको स्वार्थ मान्छे लड्छ त्यसबाट बच्नु नै जीवन जिउनु हो । मृत्यु त जन्मको देन हो, सम्झिएर बाँच्नुपर्छ । म मर्दिन्, मर्न डर लाग्छ भने त्यो जीवन भयावह नै बन्छ । यति सोच्न सके हामी मनुष्य भयौं । सर्वश्रेष्ठ बन्न लायक हुँदैछ त्यसबाट पुष्टि हुन्छ । स्वार्थमा जीवन हुन्न । अहमले जीवनको रुप खोज्न सकिन्न । लोभ त्याग्न सकिन्छ क्रोधले त्यसलाई स्विकार्दैनन् । मनुष्य केही यस्ता सोचबाट बच्न हो । 

प्रतिक्रिया