ध्वाखा अर्थात द्वार

मृत्यु पश्चात् कीर्तिपुर गढ पर्खालभित्रका प्राय: सबैको शवयात्रा यहिबाट बाहिरिने गर्छ । यहाँबाट केही पर १ किलोमीटर तल कीर्तिपुरवासी मसानघाट छ । खोला किनारा दुषित सोचका स्वच्छ कञ्चन पानी छ जुन बेवारिसे हुँदा दुर्घन्धित अवस्थामा रुपान्तरित छ । कीर्तिपुरमा मृत्युद्वारसँगै अन्य द्योध्वाखा अर्थात देवता भित्र्याउने द्वारसहित अन्य अरु गढपर्खालबाट बाहिरिने १० गरि १२ ढोका कीर्तिपुरमा छन् । सुरक्षित ढोकाहरु सहित सुरक्षित गढ पर्खालकै कारण दुइचोटी हार्नु परेको कथासँगै छलपुर्ण जित्नु परेको एवम् दुइचोटी हार्दा आफुहरुले गुमाउनु परेको क्षतिको प्रतिशोध लिनुपरेको व्यथा पनि छ । साथै आफ्नो दुई दाम जग्गा बढ्ने सोच सहित गढ पर्खाल मासिएको विडम्बना छ भने आफुखुशी सम्पदा भोगचलन गर्न पाउनुपर्छ भन्ने जिद्दी पनि सर्पको झै उठेको छ । आफ्नो पहिचान स्वरुपको नष्टलाई विकास मान्ने विचार पनि जन्मेको छ । यो लोकतान्त्रिक गणतन्त्रमाथि दोषारोपण गर्ने मननीति सोच्न सिकेका छन् । " तु  करे बलात्कार हमे करे चमत्कार" समाजको यात्रा यस्तो भएको छ । जवाफदेहीता मरेको छ ।

प्रतिक्रिया