कीर्तिपुर

हिजोको समृद्ध देश : कीर्तिपुर 

प्रशान्त महासागर

कालो बोर्डमा लेखिएको सेतो(रातो) कुरा : 


पोखरीमा भवन बनाउनु हुन्न । 

पोखरी बनाउन सकिन्न । 

बनाउन नसक्ने

पुर्खाले स्वस्थ होइकन बाँच भनिएको संरचना पुर्न हुन्न ।

 

शिक्षालय मन्दिर हो

मन्दिरको जग

रगतले सिच्नुहुन्न ।


दिशानिर्देश गर्ने

अन्धक बन्नुहुन्न

पोखरीमा भवन बनाउनु हुन्न....कीर्तिपुर पोखरीको सहर पनि हो बुझ्नुपर्छ । कुनै समय केही कारणवश राम्रोकै लागि भनिएको वा दिएको दान राम्रो गर्नको लागि हो ना कि त्यसको अर्थ र सार नै ज्ञानले मेटाउने होडबाजि गर्नुहुन्न । शिक्षाको महत्व र बस्तुस्थिती बुझेर कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय स्थापना गरिएको यथार्थता राज्यले गरिएको ज्यादती मान्नु र पोखरीमा भवन निर्माण गरेर पर्यावरण नष्ट गर्नु विवेकले एउटै कुराको विश्लेषण गर्छ । कोठा पुगेन् त्यो समस्याको समाधान पोखरीमाथी संरचना बन्नु विकल्प होईन् । शौचालयको लागि जग्गा दिइन्छ वा कीर्तिपुर लिईन्छ भने कलेजको लागि पनि माग उतै गर्न सक्नुपर्छ शिक्षालय व्यवहारिक बनाउने उद्देश्य लिनुपर्छ । सम्पुर्ण कीर्तिपुरलाई शिक्षित बनाउने लक्ष्य राख्नुपर्छ भने समय अनुरुपको कुरा शिक्षाले खोज्नुपर्छ । शिक्षाले पोखरी मास्नुपर्छ सिकाउँदैन् । पुरानो भवन नै अन्त व्यवस्थित गर्नुपर्ने अहिले अवस्थामा नपुगता देखाई कानून र वातावरण विरुद्ध शिक्षालयले आतंक रोज्नुहुन्न । सम्पदाको रक्षा शिक्षाले गर्नुपर्छ । अर्को संरक्षकहरुले जवाफदेहिता खोज्नुपर्छ भन्नुको तात्पर्य कुनै बेला कीर्तिपुरका प्रमुख श्री रमेश महर्जन ज्युलाई साक्षात्कार गरिएको एउटा मञ्चमा उहाँलाई सोधिएको प्रश्न कीर्तिपुर नगरपालिका भवन पोखरी किन बनाईयो मापदण्ड अनुरुप किन बनाईएनन् भनी सोधिएको थियो भने उहाँको जवाफ हल्का थियो त्यो म आउनु अगाडिको कुरा थियो जुन हामीले उहाँलाई त्यहाँ पठाउनुको जवाफ त्यो थिएन् । हामीले जो कोहिलाई पनि प्रमुख पदमा चयन गर्नु भनेको विगतको गल्ती सुधार वा जवाफदेहिता नै प्रमुख हो । हिजोका गरेका गल्ती सच्याउन हामी कसैलाई छान्छौं त्यो चुनाव हो । हिजोकाले गरेका गल्ती आजकाले गर्दैनन् भने हिजोका नै ठिक छ इतिहासले त्यसैको गुणगान गर्नेछ । सत्य त्यही हुनेछ भने भगवान् दानवकै प्रवृतिमा हुनेछ । धर्म पुण्यको खासै आवश्यकता पर्नेछैन् भने बिरामी हुँदा अस्पताल जानुको कुनै औचित्य रहनेछैन् । हे राम ! जप्नु आवश्यक हुनेछैन् । अझ भनौं बारबार प्रतिनिधि छान्ने प्रक्रियाको आवश्यकता पर्नेछैन् । यस्तै अर्को एउटा कुरा कुनै बेला कसैले दिएको हामीले केही गर्न सकिन्न भन्ने कुरा पनि सुनें जुन बिल्कुल गलत लाग्यो । कानूनमा स्पष्ट लेखिएकै होला कि सम्पदा मास्नु अपराध हो त्यसको संरक्षण हुनुपर्छ सुधार नीति त्यही हो । अब अपराध भनिएको कुरा कुनै बेला अवश्य सजाय तोकिन्छ होला । अपराधको सजाय भोग्नु भन्दा पश्चाताप उचित शिक्षाले सिकाउँछ । हामी यतातिरको शिक्षा सिक्न छोडी स्वार्थसंगत बहसयुक्त कुरामा किन समय नष्ट गर्दै स्वास्थ्य बिगार्ने योजना निर्माण किन गर्दैछौं कहिले सोच्ने ? समयले भौतिक नष्टता ल्याउँछ जुन अहिले नै उचित प्रावधानयुक्त शुद्ध विचार किन नगर्ने ? हिजो कसैले आवेगमा गरिएको चमत्कार आजको परिवेशमा शिक्षानीतिले त्यसलाई अझ भनौं कानूनले त्यसलाई बलात्कार प्रमाणित गरिएको छ । अब बलात्कारको यो देशमा सजाय हुन्न भने पोखरीमा जस्तोसुकै आभुषण लगाएको पनि सहि छ । बोरिङ गरेपनी सहि सरकारी भवन वा स्कुल कलेज लगायत अन्य कुनै कम्प्लेक्स बनेपनी सहि भन्दै मौन बस्नु जाति छ । 

अन्तमा, मान्छे भनेको यो सृष्टिको पाहुना मात्र हो । प्रकृति पुजक रक्षक नियुक्त मात्र हो । उसले प्रकृति सृष्टिसँग गरिने खेलवाड उसको नष्टको कारक बन्नेछ । आफू बसिजाने धर्तीमा आफ्ना सन्तती हुर्किने हुन् बुझ्न कहिल्यै छोड्नुहुन्न । पुण्य गर्न खोजिए तापनी पापको कमाईले गर्दैछु कि सोचिएन् भने पोखरीमाथि नै संरचना बनाउने काउकुती लाग्नेछ जुन ज्ञानभूमीको रचना नै भएपनि त्यसमा कसै न कसैको रगत हुन्छन् नै । पोखरी सृष्टि हो, प्रकृति हो शिक्षाले यति बुझे पुग्छ । अन्धोको छोरा अन्धा भन्ने आरोप नलागोस् । शिक्षाले ज्ञानले त्यही बुझोस् । जनप्रतिनिधि जवाफदेही होस् । सबैले मिलेर पर्यावरण बचाउन सकिन्छ । कमिसन र स्वार्थ छोड्नुपर्छ कीर्तिपुर अवश्य बन्छ । हिजोको समृद्ध देश कीर्तिपुर बन्छ नै । 

प्रतिक्रिया