पोखरीको जन्म

पुखु(पोखरी) को जन्म 

प्रशान्त महासागर 

पुखू अर्थात पोखरी जन्मका कथाव्यथा धेरै छन् । कसैले कसैको सम्झना बनाएको इतिहास छ भने कसैले सिंचाइको सहजताको लागि बनाईएको कथा छ । ती कथामा पनि पोखरी वा पुखू किन भन्ने प्रश्न सोझिन सक्छ । यहाँ पुखूको शाब्दिक अर्थ जीवन हो । पानी सभ्यतामा जीवन हुन्छ त्यसको कथा हो । पानी, आमा नै हुन् । आमा जननी यसमा कुनै विवाद वा प्रतिवाद गर्ने कुरा छैन् । र पानी नै पर्यावरणको पर्यावाची हुन् त्यो भनेको पानीलाई स्वच्छ र कञ्चन एवम् चञ्चल पनि हुन्छन् भने पानीमा जति शक्ति सायदै अरुमा हुन्छन् होला जस्को कल्पना नगरौं । 

पुखू अर्थात पोखरी अरु ठाउँमा पनि धेरै देखेका होलान् । तर त्यसको बयान सतहमा गर्नुहुन्न भन्ने मेरो बुझाई हो । साधारणतया बनाईने पोखरी पानीको श्रोतको लागि नै हुन् । यसमा कहिंकतै कसैको पनि विरोध छैन् । तर त्यही श्रोत मास्नुहुन्न त्यसमा प्रतिवाद हुनसक्छ भनेको भौतिक संरचना जस्को जगेर्ना पनि विकास हो, हामीले मान्नुपर्छ । अफसोच स्वार्थ हाबी भयो भने ती आमाको हत्या गर्न हामी तयार हुन्छौं यो हाम्रो कमि माथिको कमजोरी हुन् जस्को लक्ष्य विनाश सिवाय अरु हासिल हुन्न । अत: नेवा: सभ्यता पानी सभ्यता किन जन्माए त्यसको खोजी हुनुपर्छ मेरो भनाई मात्र हो । 

अरु ठाउँमा बनाएका पोखरीहरुका अनेक कथा छन् । म त्यतातिरको बाटो शक्ति नष्ट गर्न चाहन्न । कारण म नेवा: सभ्यता हुर्केको मर्दा पनि मुखमा पानी हाल्ने सभ्यताको मनुष्य हुँ । यो प्रथा अरु सभ्यतामा जिवितै छन् त्यसको अर्थ पानीबाटै जन्मेको पानीमै हुर्केको अनि पानीमै अन्त्येष्टि सुनिश्चित भएका प्राणी हामी हौं त्यसको उदाहरण हुन् । त्यो चोखो र शुद्ध हुनुपर्छ विचार हुन् भने त्यसको यथावतता हाम्रा जिम्मेवारी र कर्तव्य पनि हुन् । हामीले यो सोच्न छोड्यौं । पोखरीले साहदत हासिल गर्दै गए । इतिहासमा यो थियो त्यो थियो बयान गर्दै हामी पनि जाने तरखरमा छौं । अत: जानुपुर्व यति कुरा बुझौं कि नेवा: सभ्यता पानी सभ्यता हुर्केका हुन्छन् भन्ने अझ देशको आर्थिक एवम् पर्यावरण समृद्धि लागि जहाँ नेवा: सभ्यता बाँचेका छन् त्यहाँ दुईटा पोखरी भिं र मभिं पुखू नामाङ्कन गरिएका हुन्छन् । त्यो भनेको पिउने योग्य पानी जम्मा गर्ने पोखरीलाई भिं अर्थात राम्रो र नुहाउने, सरसफाइ गर्ने एवम् चोख्याउने कार्यको लागि प्रयोग गरिने पोखरी त्यसलाई मभिं भन्ने नामाङ्कन गरि प्रयोगमा लिने प्रथा छन् । कुनै नेवा: सभ्यताको देश बन्दा यी दुई पोखरीको जन्म हुन्छन् नै, गर्छन् पनि । यी बाहेकका अन्य पोखरीहरु विभिन्न प्रयोगको हिसाबले निर्माण गरेका हुन्छन् । कुनै खेतीको लागि, कुनै स्मरणको लागि, कुनै फूल उत्पादनको लागि, कुनै बस्तुभाउ चरणको लागि भने कुनै संस्कारको लागि पवित्र कुण्डको हिसाबमा जस्तै ग्वा पुखू भन्नुको सार कीर्तिपुरमा पहिलो शासक ग्वा:हरु हुन् उनीहरूको परम्परा एवम् संस्कार त्यही पोखरीको पानी वा अन्य विधि पूजा पनि गर्छन् जुन लुप्त भए । अब यहाँ संस्कार संगतका सम्भावना भएका कुरालाई समस्या सम्झी गर्वमै लुकाउनु हामी पुन: कमिबाट कमजोरी छौं देखाउनु मात्र हो । इतिहासमा वीर भनिएका हामी संस्कार सम्पदा मासेर पनि बाँच्न सक्छौं भन्ने किटानी दिनु जननी हत्या पाप बोक्नु हो । अत: भिं र मभिं भनेको हाम्रो शरीरमा रगत बनी बगेका पानी हुन् त्यसको महत्व हामीले नै बुझ्नुपर्छ । कुनै स्वार्थलाई आकार दिन त्यसको पछि लाग्नु भनेको आमा हत्यामा सघाउन दिनु हो । यहाँ मैले विशेषगरी दुइटा पोखरीको जन्म र त्यसको औचित्य बारे कुरा गरेको छु । ती दुई पोखरी जिउँदै छन् । त्यसको जीवन रक्षा सकेसम्म हामीले गर्नुपर्छ कारण ती दुइले देशको प्रतिस्था जोगाउने लगायत संकट हाम्रो जीवन रक्षाको जिम्मा लिएका थिए । त्यसको स्वरुप वा अन्य कुरा अगाडि तेर्साएर स्वार्थ पूरा गर्नु त्यसमा आघात पार्नु आफ्नै छात्तीमा लात हान्नु हो । हुन त त्यसमाथि प्रहार गर्नेहरु धेरै आए र गए तर हामीले पनि त्यही गर्नुपर्छ भन्नू जानी जानी पापी बन्नु हो । 

र विगत गरिएका पापहरु वर्तमान गर्नुहुन्न । त्यसको सार हामी मनुष्य हौं लोकतान्त्रिक मनुष्य जस्ले सर्वप्रथम लोकहितमा श्रोत र साधनलाई राख्ने गर्छ्न् । जीवन त्यहिमा समर्पित गर्छन् । हिजो पञ्चायती व्यवस्थाले त्यसमा स्वार्थ देखे त्यही अनुरुप उपभोग गरे । प्रजातान्त्रिक व्यवस्था स्थापित हुँदा २०५१ सालमा  first plan ले राखेको बजेट खर्च गर्न सकेन् । हाम्रो घरको मुलढोका यता होईन् हामीलाई यता बाटो पनि चाहिँदैन् भन्ने जवाफले वर्ग आकारले गोलाकार रुप लिए । पहिलो संघिय लोकतान्त्रिक गणतन्त्रको चुनावले पनि पोखरी स्वार्थकै लागि प्रयोग गरे भने दोस्रो निर्वाचित सरकारले पनि आफ्नो मनस्थिति प्रयोग गर्नु स्वार्थ नै हो । देशको प्रतिनिधित्व गर्ने पोखरीमाथी व्यवस्था जुनै आएपनी स्वार्थ मात्र देख्नु यहाँ हाम्रो सोचाई गलत हो भन्ने स्पष्ट बुझ्न सकिन्छ । कतै देश पनि यसरी नै बर्बादको भुमरीमा फसेको त होईन् ?

अन्तमा, भिं पुखूको पानी हाम्रो शरीरको रगत हो । मभिं पुखू सम्पदा हो । यिनीहरूकोस्वच्छता, कञ्चनता एवम् पर्यावरणीय चञ्चलता हाम्रो दायित्व र कर्तव्य हुन् । त्यस्तै उत्तरतिर पुन: जीवन पाएका पोखरी पलेस्वाँ पुखू लगायत अन्य कमलको फूल खेती गर्न हो । त्यसमा हामीले त्यही अनुरुपको कार्य गर्न सिक्नुपर्छ ना कि बोरिङ्ग गरेर पानी आपूर्ति गर्ने दासत्व सोच्ने जस्तै मात्र हो । पोखरीमा बोरिङ्ग गर्नु र सौन्दर्यकरण गर्नु एउटै हो । पुरेर संस्कार मास्नु र सौन्दर्यकरणले स्वरुप अर्को दिनु एउटै हुन् । अत: इतिहासमा खोजिएको स्वार्थले वर्तमानले पूरा गर्नु दूधकै साक्षी बिरालो हुनु हो । इतिहासमा गरिएको गल्ती वर्तमानले सच्याउने प्रयास हुनुपर्छ । पोखरी बन्नुपर्छ । कीर्तिपुरको प्रतिनिधित्व भिं र मभिं पोखरीले गरेका छन् । त्यसलाई विश्वमा चिनाउने प्रयास हाम्रो हुनुपर्छ । ती दुई पोखरी ऐतिहासिक साँस्कृतिक सम्पदा हुन् । त्यसमा स्वार्थ सोच्नुहुन्न । त्यो देश हो । हामीभित्रको रगत हो । त्यो शुद्ध र स्वच्छ अनि स्वस्थ हुनुपर्छ । त्यसको लागि विचार फराकिलो बनाउन सक्नुपर्छ । हामी त्यो गर्छौं प्रण गरौं । पोखरी बोरिङ्ग गरे झै सौन्दर्यकरण नगरौं । आफ्नै रगतलाई विनाकारण निचार्नु मुर्खता मात्र हुनेछ । र यहाँनेर गर्नैपर्ने कुरा हिजोका शासकले पनि आफुलाई सर्वेसर्वा ठानी मभिं पुखूमाथि गिद्धे नजर डुलाए भन्नुको अर्थ आफुखुशी कोहिसँगै कुनै सल्लाह नगरी बनाउने प्रयास गरिईयो जुन आजका शासकले पनि त्यही गर्न खोजे भन्नुको सार अनावश्यक सौन्दर्यकरणमा बजेटको सत्यानाश र आफुलाई जस्तो मन लाग्यो त्यस्तै बनाउने कुचेतना हाबी गराए जबकी उक्त पोखरीको पुन: निर्माण गर्ने भन्दै ऐतिहासिक एवम् साँस्कृतिक भन्दै सम्बोधन संरक्षणको गर्ने अनि त्यसको निशानी नरहने गरि बनाउने सोच दु:खदायी छ । हिजो र आजमा त्यस मभिं पोखरीमाथी मन लागि विचार थोपार्ने कार्य मात्र सम्पदान भएको देखिन्छ । प्राचीन स्मारकको रुपमा देशको प्रतिनिधित्व गर्ने पोखरीमाथि सबैको साझा अधिकार छन् । यहाँ मैले सबैको भन्नुको सार प्राचीन स्मारक जस्ले देशको कानून बोकेको हुन्छ त्यहाँ योजनाकार उद्देश्य, लगानीकर्ता विश्वसनीयता, अनि त्यससंगत सरोकार राख्नेको हेरचाहमा डिजाइन हुनुपर्छ भने त्यसको आम लाभ सबै जनताले लिन पाउनुपर्छ जस्को प्रथम अधिकार भने स्थानीय स्वामित्वको हुन्छ जस्मा मन लागि हुन्न । पुन: बुजौं प्राचीन स्मारकको अर्थ जस्मा सौन्दर्यकरण प्रमुख हुन्न । योजना, लगानी र संरक्षक एवम् उपभोक्ता सबैको विचार मिल्नुपर्छ । पोखरीको सन्दर्भमा पर्यावरणको वास्तु मिल्नुपर्छ । त्यो सबैका जीवन हुन् । जन्मले आत्महत्या रोज्न दिनुहुन्न । 

प्रतिक्रिया