सीमापारी सामान किन्न भाषिक समस्या
सुन्दरकुमार थकाली
जोमसोम—चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई लक्षित गर्दै लगातार ४ वर्षदेखि बन्द गरिएको मुस्ताङको (नेचुङ—लिजी) उत्तरी कोरलानाका सोमबारदेखि पूनः संञ्चालनमा ल्याएको छ ।चीन पक्ष र नेपाल पक्षका सुरक्षा अधिकारीहरुको रोहबर नाका खोलिएको हो ।
सामान्य रुपमा बर्सेनि २ पटक असार र भदौमा अल्पकालीन अन्तरदेशीय मेलाको रुपमा हुँने आर्थिक कारोवार कोरोना कहरका बेला चीनले बन्द गरेको थियो । त्यसमेला सीमापारीको तिब्बत बजारमा सामान्य रुपमा उपल्लो मुस्ताङबासीले खाद्यान्न,लत्ताकपडा,निर्माण सामाग्री,कस्मेटिक सामान लगायतका दैनिक उपभोग्य वस्तुको किनमेल हुन्थ्यो ।
तर,सामान्य रुपमाले आर्थिक कारोवार गरिदै आईरहेको मुस्ताङको (नेचुङ—लिजी) कोरलानाकामा चीनले दिर्घकालीन रुपमै नाका खोल्ने सन्देश दिन खोजेको जस्तो त्यहाँका कार्यक्रमले झल्कायो । नाका खोल्न चीन पक्षका उच्चपदस्थ सुरक्षा अधिकारी र नेपाल पक्षका सुरक्षा अधिकारी,सांसद,जनप्रतिनिधिहरु चीनको लिजीमा एकत्रित भए ।त्यहाँ चीनले नाका खोल्नका लागि राम्रै तयारी गरेको थियो । नाका उद्घाटन समारोहमा चिनियाँ कन्याले नेपाल पक्षलाई स्वागत गरेपछि आतसवाजी गरेर नाका औपाचारिक खुल्ला भएको अन्तराष्ट्रिय सन्देश दिन खोजेको जस्तो देखिन्थ्यो ।त्यहाँ अतिथि र कार्यक्रममा सहभागी सबैले उठेरै आसन ग्रहण गराईएको थियो ।
नेपाल—चीन (नेचुङ—लिजी) नाका उद्घाटन गरिएको पहिलोदिन उपल्लो मुस्ताङका झन्डै ७ सय नागरिकले प्रवेश पाए । संघीय सांसदसहित केही प्रदेशका मन्त्री ,सचिव, र सांसदहरु त्यहाँ पुगे । नाकामा उद्घाटनमा चीनले नेपाल पक्षलाई निःशुल्क भोजनको व्यवस्था समेत मिलाएको थियो । छोटो समय नेपाल—चीन थोरै वत्ताले बोलेपछि कार्यक्रम समापन भयो र तिब्बती बजारको लिजीको एउँटै व्यापारिक महलमा किनमेल सुरु भयो ।
चीन पक्षको सीमापारी ब्यापारिक महलमा ढुङ्वासेनका ३ दर्जन बढी खुद्रा ब्यापारीहरुले पसल थापेका थिए । त्यहाँ ठुला ठुला मूल्यका सामान थिएनन् । ब्यापारिक महलमा खाद्यान्न,लत्ता कपडा ,कस्मेटिक,किराना सामान र स्थानीय प्रयोजनमा कामलाग्ने सामान राखिएको थियो ।कोरला(लिजी) पोर्टको ठुलो ब्यापारिक महलमा तिब्बतीयन ब्यापारीहरु ब्यापार गर्न बसेका थिए । उपल्लो मुस्ताङी र तिब्बती भाषा समान उस्तै भएकाले उपल्लो मुस्ताङीलाई कुनै समस्या पर्दैन ।तिब्बती ब्यापारीहरु तिब्बतीयन भाषाबाहेक नेपाली र अंग्रजी बोल्न जान्दैनथे । यसले तिब्बती भाषा नबुझ्नेलाई तिब्बती बजारमा सामना खरिद गर्न अप्ठ्यारो पर्ने देखियो ।
उपल्लो मुस्ताङबाहेक तल्लो मुस्ताङी र जिल्लाबाहिरका नागरिक तिब्बती बजारमा गएर सामान किन्न चाहने हो भने मूल समस्या भाषानै अपवाद बनिदिन्छ । नेपालीले तिब्बती नबुझ्ने र तिब्बतीले नेपाली नबुझने हुँदा सामानको रेट, बार्गेनिङ र सामानको बारेमा सोधपुछ गर्न समस्या पर्छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले तिब्बत र उपल्लो मुस्ताङीको भाषा,संस्कृति रहन सहन मिल्दोजुल्दो भएकाले यसले खासै फरक नपार्ने बताए । तिब्बत र उपल्लो मुस्ताङबीच सदिंयौ वर्षदेखि सांस्कृतिक,आर्थिक,सामाजिक सम्वन्द्ध रहेकाले भाषिक समस्या नहुँने अध्यक्ष गुरुङको भनाई छ ।
कोरलानाका बृहत रुपमा संञ्चालन भएको खण्डमा र तत्कालको अवस्थामा कुनै गैर समुदायको ब्यक्ति चीनको तिब्बती बजारमा किनमेल गर्न गए एक जना दोभासे आवश्यक पर्ने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु बिष्टले जानकारी दिए । उनले तिब्बती बजारमा भाषिक सहजीकरणका लागि दोभासे नभए अलमलमा पर्ने बताए । उनले औपाचारिक रुपमा ऐतिहाँसिक रुपले नेचुङ—लिजी नाका उद्घाटन भएको र यसले पूर्व रुपमा नाका संञ्चालन गर्न ठुलो महत्व र प्रभाव पार्ने बताए ।
चीन सरकारले मुस्ताङको उत्तरी कोरलानाकालाई ठुलो ब्यापारिक हबको रुपमा विकास गर्न चाहन्छ ।यो तथ्य चीनले तयार गरेको ठुला ठुला भौतिक संरचनाले पुष्टि गर्छ ।नेपाल—चीन कोरलानाकामा चीने भन्सार ,सुख्खा बन्दरगाह,अध्यागमन ,सुरक्षा पोष्ट लगायत ब्यापारिक महल बनाईसकेको छ । निकट भविष्यमा चीनले ठुला ठुला ब्यापारिक कारोबारको होलसेल व्यवसाय गर्ने तयारी गरेको देखिन्छ ।
फोटो क्याप्सन : नेपाल—चीन (नेचुङ—लिजी) कोरलानाकामा तिब्बती हाटबजार । तस्विर ःसुन्दरकुमार थकाली