भरतपुरमा भूमिगत विद्युतीकरण आयोजना ९५ प्रतिशत सम्पन्न, ४६० ग्राहक लाभान्वित

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सञ्चालन भइरहेको भूमिगत विद्युतीकरण आयोजनाको काम ९५ प्रतिशत सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म ४६० ग्राहकलाई भूमिगत प्रणालीमार्फत विद्युत् वितरण सुरु गरिएको छ।


आयोजनाअन्तर्गत भरतपुरको बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्मको क्षेत्र तथा चितवन मेडिकल कलेजअगाडिका क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् वितरण भइरहेको छ।


विद्युत् वितरण प्रणालीलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले सञ्चालन गरिएको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ। बाँकी काम पूरा भएपछि सहरी क्षेत्रमा विद्युत् वितरण प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।


Aama Darshan News | सत्य, समय र समाजप्रति उत्तरदायी समाचारको भरोसायोग्य स्रोत।


प्रतिक्रिया