शिशुपालको वध (सानो कथा)
शिशुपाल कृष्ण भगवानकी फुपू श्रुतशुभा (बासुदेव र कुन्तीको बहिनी) र राजा दमघोषका छोरा हुन् । यो हिसाबले कृष्णको भाइ पर्छ । शिशुपालको जन्म हुँदा हेर्दा राक्षस जस्तै चार हात र निधारमा आँखा थियो । डरलाग्दो भयावह बच्चा देखेर चिन्चित भए फ्याँक्ने निधो हुँदा आकाशवाणी गुञ्जिन्छ कि भविष्य उसको हात र आँखा विलुप्त भएर जानेछ भन्दा खुशीको मौहल बन्छ भने जसको काखमा खेलाउँदा हात र विलय हुन्छ उहीँ त्यसको मृत्यु कारक हुनेछ भन्दाखेरी पुन: दु:खको मौसम मडारिन्छ । तर कस्ले र कसरी मारिन्छ भन्ने ज्ञात नहुँदा सबै खुशीकै मौहलमा थिए । राजा दमघोषका अजिवको युवराज जन्मिईयो भन्ने हल्ला दुर गाउँमा फैलिंदा आफन्तहरू लगायत अन्य राजाहरू पनि हेर्न आउन थाले । सबैले आ-आफ्नो काखमा खेलाउन थाले तर कसैले छुँदा नि हात र आँखा विलय भएनन् । अन्ततः कृष्ण भगवानको काख राखिदिंदा हात र आँखा लुप्त भए ।
कृष्ण भगवानकी फुपूले आफ्नो छोराको हत्या भदाबाट हुने थाहा पाएर चिन्चित भईन् । आफ्नी फुपू चिन्चित देखेर कृष्ण भगवानले कारण सोधे र फुपूले भदालाई सबै कुरा सुनाए । तत्पश्चात भगवान कृष्णले " म शिशुपालको १०० पापसम्म क्षमादान दिनसक्छु तर १०० भन्दा नाघ्यो भने त्यसको उपाय भनेकै सजाय हुनेछ त्यो पनि मृत्यु, म यति वचन दिन सक्छु" भनी फुपूलाई आश्वस्त पारे । समय बित्दै जाँदा शिशुपाल पनि हुर्कदै गए । पापमाथी पाप गर्दै गए अन्ततः १०० पाप गर्न पुग्छ र मृत्यु सुदर्शन चक्रद्वारा हुन्छ ।
यहाँ १०० पाप भनेको सुध्रिने मौका हो । ज्ञान पुण्य कमाउने अवसर हो । तर शिशुपालले आफुले १०० पाप नगरेसम्म कसैले मार्न सक्दैन् सोचे । अहम् र घमण्डले चुर हुँदै १०० पाप गरे । मृत्युको लागि पाप नै चुने । मौकालाई अवसरलाई पापकै लागि प्रयोग गरे । ज्ञान बुद्धि हुने मनुष्य त्यसकै प्रयोगको लागि खर्चिनुपर्छ भन्ने सिमित स्वार्थमा क्रोधमा उल्झिनु कष्ट मृत्यु हुन् । त्यस्तो मृत्युबाट जोगिने मौका आउँछ त्यसलाई अवसर मानेर जीवनमा अघि बढ्न सके समाज कल्याण हुनेछ भने मनुष्य भएर जन्म लिएपछि गल्ती हुन्छ त्यो सुधारको लागि हो । शिशुपालको वधले यहि कुरा दर्शाउँछ ।