काठमाडौं,— नागढुंगाको मुख्य राजमार्गमा बुधबार बिहान ठूलो पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहान १० बजे तिर नागढुंगाको पहाडी क्षेत्रबाट ढुंगामाटो र रुखसहितको पहिरो खसेपछि काठमाडौंलाई बाहिरी क्षेत्रसँग जोड्ने मुख्य मार्ग अवरुद्ध भएको हो।
नागढुंगामा तैनाथ प्रहरी निरीक्षक हेम थपलियाका अनुसार, पहिरो झर्ने क्रम अझै रोकिएको छैन, जसका कारण राजमार्ग पुन: सुचारु गर्ने काम सुरु गर्न कठिनाइ भइरहेको छ। निरीक्षक थपलियाले भने, "ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम सुरु हुनेछ। पहिरो पन्छाउनका लागि दुईतर्फी डोजर तयारी अवस्थामा राखिएको छ, तर सुरक्षाको कारणले काम सुरु गरिएको छैन।"
अहिले, नागढुंगा क्षेत्रको यातायात पूर्णरूपमा बन्द भएको छ, र यसबाट यात्रुहरूमा समस्या परेको छ। राजमार्ग सुचारु हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ। यातायात व्यवस्था विभागले वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय