काठमाडौं— विक्रम संवत् २०८३ सालमा अधिक (पुरुषोत्तम) मासको अवसरमा मच्छेगाउँमा विशेष मेला आयोजना हुने भएको छ।
धार्मिक मान्यता अनुसार, २०८३ सालको जेठ ३ गतेदेखि असार १ गतेसम्म अधिक (पुरुषोत्तम) मास रहनेछ। यस अवधिमा भक्तजनहरूको उल्लेख्य सहभागितासहित मच्छेगाउँमा परम्परागत मेला लाग्ने तयारी गरिएको छ।
अधिक मासलाई हिन्दु धर्ममा विशेष पुण्य कमाउने समयका रूपमा लिइन्छ। यस महिनामा व्रत, पूजा, दान तथा तीर्थयात्रा गर्ने परम्परा रहँदै आएको छ। मच्छेगाउँ मेला पनि सोही धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ।
स्थानीय स्तरमा मेला व्यवस्थापन, सुरक्षाको तयारी तथा आवश्यक पूर्वाधार व्यवस्थापनको काम अघि बढाइने जनाइएको छ।
४ बैशाख २०८३, शुक्रबार ०९:०४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क