संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय


काठमाडौं— काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानबाट संग्रहालयमा लगिएका मूर्तिहरूलाई कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर पुनः आफ्नै स्थानमा फर्काउने निर्णय गरिएको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, साझेदार निकायका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

निर्णयअनुसार, विश्व सम्पदा दिवस २०८३ को अवसरमा महागौरी/पार्वतीको मूर्ति पुनःस्थापना गरिने भएको छ। उक्त मूर्ति मरु क्षेत्रबाट चोरी भएको स्थानमै पुनःस्थापना गर्ने तयारी गरिएको छ।

यस कार्यका लागि काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरको संयोजकत्वमा समिति गठन गरिएको छ।

महानगरपालिकाका अनुसार, मूर्ति पुनःस्थापना कार्यक्रम भोलि आयोजना गरिनेछ।


रिपोर्टर: सुर्या राया / आम दर्शन न्युज

प्रतिक्रिया