जोमसोम—चीनको सिगात्से सहरबाट सबैभन्दा छोटो दुरीको नाका हो मुस्ताङको कोरलानाका । यो नाकाको दुरी सिगात्से सहरबाट ६३० किमी मात्र छ । जबकी सिगात्सेबाट केरुङ नाका करिव १२०० किमी टाढा पर्छ ।यसैगरी नेपाल—चीन कोरलानाकाबाट सिगात्से हुँदै ल्हासाको दुरी करिव ९०० किमी छ । व्यापारिक कारोवारका हिसावले मुस्ताङको कोरलानाका सबैभन्दा सहज छोटो दुरीको कोरलानाका हो ।
परापूर्वकालमा यही नाका हुँदै तिब्बतबाट नून देखि सुनसम्म भित्रिन्थ्यो ।त्यसबेला नेपालीहरु हप्तौदिन पैदल हिडेर भोट पुगेर नुन ल्याउँथे ।ब्यापारिक हिसावले पनि मुस्ताङको कोरलानाका ऐतिहाँसिक महत्वको नाका मानिन्छ ।
२०१७ सालमा तिब्बतमा भएको खम्बा बिद्रोहपछि तिब्बतीयन खम्पाहरु मुस्ताङ पसे ।खम्पाहरुले मुस्ताङमा एकछत्र राज गरेका थिए ।नेपाली सेनाले मुस्ताङबाट खम्पा धपाइएको थियो । खम्पाहरुले त्यसबेला मुस्ताङमा बसेर चीन विरोधी गतिविधि गथ्र्यै । २०३१ सालमा खम्पा हटेपछि मुस्ताङ नेपाल सरकारको पहुँचमा आएको थियो ।
२०३१ सालपछि खुल्ला भएको यो नाकामा नेपाल—चीनको संयुक्त चरनक्षेत्र थियो । सीमापारीबाट सीमावारी र सीमावारीबाट सीमापारी पशुचौपाया चरन क्षेत्रमा लगिन्थ्यो । कोरलानाकाबाट सीमावारी र पारी आलोपालो व्यापार मेला लाग्थ्यो । त्यही नाकाबाट सन् २००० मा तिब्बतीयन भिक्षु कर्मापा लामा कोरलानाका हुँदै भागेर भारत छिरेपछि चीनले कोरलानाकामा तारबार लगाउन सुरु ग¥यो ।त्यसअघि कोरलानाकामा कुनै सीमा क्षेत्र निर्धारण गर्न तारबार लगाईएको थिएन । बर्सेनि आलोपालो संञ्चालन हुने व्यापार मेला पनि चीनले त्यसपछि एक पक्षिय रुपमा आफ्नो भूमीमा संञ्चालन गर्न थाल्यो । अल्पकालिन ब्यापार मेला लाग्ने समयमा नागरिकताको आधारमा उपल्लो मुस्ताङी नागरिकलाई चिनिया सुरक्षाकर्मीले तिब्बत छिर्न दिन्थ्यो । नाकामा चीनले अत्याधिुनिक सीसी क्यामेरा राखेर सुरक्षा निगरानी गर्न थाल्यो ।
त्यसअघि कोरलानाकाको नेपाल—चीन दुबै क्षेत्रको भू—भागमा केवल सुख्खा पठारसहितको पुरै घाँसे मैदान थियो ।तर,अहिले चीनले कोरलाको लिग्ची भूमीमा ठुला ठुला सरकारी भवन बनाएको छ ।चीनले कोरलाको लिग्चीमा प्रशासनिक भवन,सुरक्षा भवन,सुख्खा बन्दरगाह र क्वारेन्टाईनसहित ब्यापारिक हबको रुपमा विकास गर्न सयौं अग्ला अग्ला महलहरु खडा गरिसकेको छ । लोभलाग्दा ४ लेनका चिल्ला सडक अनि नमूना सहरको रुपमा चीनले त्यहाँ भौतिक संरचना निर्माण गरिसकेको छ । मुस्ताङको कोरलानाका हुँदै तिब्बतको मानसरोवर धार्मिक स्थल जान समेत सबैभन्दा छोटो दुरी नाका कोरलानाका नै पर्छ ।
तर, त्यहाँ भूभागको ५ मिटर यता नेपाली भूमी रित्तो र सुनसान छ । नेपालको क्षेत्रमा दलदले घाँसे मैदान बाहेक केही छैन । पू¥याएको छ केवल बिजुली पोलहरु देख्न सकिन्छ ।चीनले करिव एक दशक अघि देखि कोरलानाकाको आफ्नो भूमीमा संरचना निर्माण गर्न थालेको हो । चीन पक्षका सुरक्षा अधिकारी ठुलै संख्यामा बाह्रै महिना त्यहा सीमा सुरक्षाका लागि बसेका हुन्छन् ।
एउँटै भूगोलको एउँटै ठाउँ तर देश भने फरक फरक ,त्यहाँको विकास र समृद्धि त्यही रुपमाले अघि बढेको देखिन्छ । त्यही भूमी जहाँ चीनले दजैनौ चिल्ला सडक विस्तार गरेको छ । लोभलाग्दो फरक अनुभूती दिलाउने तिब्बची भूमीको सडक,बिजुली,खानेपानी,ईन्टरनेट र भौतिक संरचनाहरु निकै तारिफ योग्यनै छन् । त्यही चीनको तिब्बती भूमीको लिग्चीबाट ५० मिटर नेपालको भूभाग देख्दा मनै कुडिन्छ,अनि आत्मग्लानी हुन्छ । समृद्ध सहरको परिकल्पना धेरै टाढा जानु पर्दैन कोरलानाकाबाट ५० मिटर उत्तर छिरे सबै तस्विर हामीले देख्न सक्छौं । उनीहरुले सीमाक्षेत्र आसपास ठुलै सहर बनाउन चाहन्छन् ,ब्यापारिक केन्द्र बनाउन चाहन्छन् । हामीतर्फको तयारी भने शून्य जस्तै छ ।
‘कोरलानाकामा चीनले जस्तै पूर्वाधार बनाउन नसकेपनि उनीहरुको भन्दा भए चौथाईको रुपमा पूर्वाधार बनाउन सक्छौंनी ,खै त सरकारले पहल गरेको ?,लोमान्थाङ—३ ठिङ्गरका स्थानीय कर्मा सम्टुक गुरुङ प्रश्न गर्छन् । उनी जस्तै नेपाल तीरको सीमाक्षेत्रमा बस्ने बासिन्दाहरुको भनाई पनि यस्तै यस्तै छ । तर,चीनले १० वर्ष खर्चिएर सयौं पूर्वाधार बनाएपनि नेपाल पक्ष भने कोरलानाकामा पूर्वाधार बनाउन ध्यान पुगेको देखिन्न । ‘नाका खुल्यो भन्ने मात्रै हो, हामीले कुनै संरचना बनाउन सकेका छैनौं,अहिले खुलेको नाका केवल सीमाक्षेत्रका बासिन्दाको आधारभूत आवश्यकता महशुस गरेर चीनले खोलिदिएको छ मात्र लाग्छ ,गुरुङ उदेक लाग्दो गरी बताउँछन ।’
यता नेपालतर्फ कोरलाको १५ किमी यता सुरक्षाकर्मी र भन्सार कार्यालय छ ।नाकामा भन्सार,सुरक्षा पोष्ट,बन्दरगाह र क्वारेन्टाईन पूर्वाधार बनाउन ५ वर्षअघि कोरलाको दशगजा क्षेत्रमा १ हजार रोपनी जग्गा भन्सारको नाममा प्राप्ती गरेपनि नाकामा अझै संरचना निर्माणको काम भएको छैन ।तर,सरकारले कोरला पूर्वाधार निर्माणका लागि डिपिआरको काम अघि बढाएपनि त्यो काम ज्यादै सुस्त छ । तत्कालीन सरकारले उत्तर÷दक्षिण ब्यापारिक मार्ग विस्तार गर्न २०७४÷०७५ सालदेखि राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना अघि बढाएको छ । सरकारले कोरलानाका जोड्ने सडकमा झन्डै ७ अर्व बजेट खर्च गरिसकेको छ ।