जोमसोम—हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका जोमसोममा बालश्रमिकहरु रहेनरहेको संयुक्त अनुगमन गर्दै बाल श्रम मुक्त स्टिकर टाँस गरिएको छ ।घरपझोङ गाउँपालिकाकाको अगुवाईमा सरोकारवाला निकायहरुको संग्लनतामा मंगलबार जोमसोममा संयुक्त रुपमा बालश्रमिकहरुको भौतिक अनुगमन गरिएको हो ।
मुस्ताङको मुख्य बजार सदरमुकाम जोमसोम र पुथाङ एरअपोर्टमा संञ्चालित दुई दर्जन भन्दा बढी होटल तथा रेष्टुरेन्टहरुमा बालश्रमिकहरु रहेनरहेको अनुगमन गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,जिल्ला अदालत,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप),पर्यटन तथा घरेलु कार्यालय,नागरिक समाज पत्रकार,वडा ३ र ४ कार्यालय र बाल अधिकार समितिका सदस्यहरुको रोहबरमा बालश्रमिकहरुको संयुक्त अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।
नेपालको संविधानले १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई बालिक अधिकारको रुपमा मान्यता दिएको छ । यसैका कारण संविधानले सुनिश्चित गरेको बालबालिका संम्वन्धि ऐन,नियम,बालश्रम निषेध र नियमित गर्न बनेको ऐन र श्रम ऐनले तोकिएको भन्दा कम उमेरका बालबालिकालाई कुनैपनि कामकाजमा लगाउनुलाई बालश्रम हुने उल्लेख गरिएको छ । विद्यालय शिक्षा लिने समयमा बालबालिकालाई कुनै पनि कामकाजमा लगाउनु संविधानले बालश्रम शोषण तथा अपराध हुने उल्लेख गरेको छ ।
संविधानले सुनिश्चित गरेको अधिकारलाई कार्यान्वयनको दिशातर्फ लैजान मुस्ताङको घरपझोङ गाउँपालिकाले पर्यटकीय राजधानी जोमसोम र एअरपोर्टमा संञ्चालित होटलहरुको अनुगमन गरेको बताईएको छ । बालश्रम मुक्त पालिका बनाउने उद्देश्यसहित गरिएको बाल श्रमिकहरुको अनुगमन गरिएको प्रशासकीय अधिकृत अधिकारी बताए ।
जोमसोम क्षेत्रमा संञ्चालित होटलहरुमा अनुगमन टोलीले बालश्रमिकहरुको तथ्यांक संकलन र होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई बालश्रमिक नराख्ने प्रतिवद्धता गराइएको घरपझोङ गापाकी महिला तथा बालबालिका शाखा प्रमुख सरिता थकालीले जानकारी दिईन् । अनुगमनका क्रम जोमसोम र पुथाङ एअरपोर्ट क्षेत्रका होटल तथा रेष्टुरेन्ट र उद्योगहरुमा संम्वन्धित संञ्चालकहरुलाई चेतावनीसहित बालश्रम मुक्त स्टिकरण टाँस गर्ने कार्य भएको शाखा प्रमुख थकालीले बताईन् । अनुगमन टोलीले १८ वर्ष मुनिका कम उमेरका बालबालिकालाई घरेलु तथा होटल तथा रेष्टुरेन्टको कामकाजमा लगाउनु संविधान बमोजिम अपराध हुने भएकाले यसप्रकारको कार्य नगर्न र अटेरी गरे कारबाही हुने भन्दा पर्यटन व्यवासीहरुलाई सुझाईएको थियो ।
सन् १९९० देख विश्वव्यापी रुपमा बाल श्रम उन्मुलन अभियान सुरु भएको थियो । तर,हालसम्म आशिक रुपमा बाल श्रम उन्मुलन न्यूनिकरण भएको देखिएपनि अझै बग्रेल्ती होटल तथा रेष्टुरेन्टमा बालश्रमिकहरु रहेका छन् ।