कोप—२८ अन्तराष्ट्रिय सम्मेलनमा लक्ष्मीले भनीन् ‘ पानी कम पर्ने मुस्ताङमा वर्षाले विपद् निम्त्यायो’

जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीका महिला अगुवा लक्ष्मी गुरुङ दुबई पुगेकी छिन् । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप—२८)मा भाग लिन उनी त्यहाँ पुगेकी हुन् । 

जलवायु परिवर्तनका कारण मुस्ताङले भोग्दै आईरहेको पीडाँलाई सशक्त रुपमा उठान गरी अन्तराष्ट्रिय जगतको ध्यान केन्द्रित गराउने उद्देश्यले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सिफारिस तथा दिगो विकास ईन्स्टिच्युडको छनौटमा पर्दै गुरुङ कोप—२८ सम्मेलनमा भाग लिन दुबई गएकी हुन् ।

 दिगो विकास ईन्स्टिच्युडका तर्फबाट गुरुङसहित नेपालकातर्फबाट हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष  अप्सरा लामिछाने कोप—२८ सम्मेमलनमा भाग लिन दुबई पुगेका हुन् ।उनीहरुसंगै दिगो विकास ईन्स्टिच्युडका कार्यक्रम निर्देशक  एव जलवायु विज्ञ अभिषेक श्रेष्ठ र जलवायु परिषद नेपालका सदस्य विमल रेग्मी कोप—२८ सम्मेलनमा सहभागिता जनाएका छन् ।

कोप—२८ अन्तराष्ट्रिय सम्मेलनको सातौ र आठौं दिन दिगो विकास ईन्स्टिच्युडको तर्फ मुस्ताङी महिला अगुवा लक्ष्मी गुरुङले जलवायु परिवर्तनको असरका कारण हिमाली जिल्लाहरुले भोग्नु परेको समस्या र पीडाँ उजागर जलवायु अन्तरक्रिया कार्यक्रममा व्यक्त गरिन् ।  जलवायु परिवर्तनका कारण हिमालीक्षेत्रको तापमान बर्सेनि वृद्धि भईरहेको र यसले नागरिकको दैनिक जीवन यापन तथा धार्मिक,सास्कृतिक,कृषि,पर्यटन र जैविक विविधतामा ठुलो असर पू¥याएको कोप—२८ सम्मेलनका क्रममा विश्व समुदायको ध्यानआर्कर्षित गरिन् । 


जलवायु परिवर्तनकै कारण गत साउन २८ कागबेनीमा आएले बाढीले करोडोंको भौतिक संम्पती क्षतिका साथै  कृषि र पशुधनमा ठुलो असर पुगेकाले जलवायु हानी र क्षति नोक्सानीको अन्तराष्टिय सम्वोधन हुनुपर्ने आवाज उठाएकी छिन् ।

 । उनले हिमाली क्षेत्र विशेषगरी कागबेनीमा आएको कागखोला बाढीले स्थानीयबासीहरु घरबार विहिन भएको र यसप्रकारको जलवायु हानी तथा क्षति प्राप्त गर्ने अधिकार आफुहरुको रहेको र यसका लागि विकाशशील राष्ट्रहरुले समुचित ढँगले सम्वोधन गर्नुपर्ने उल्लेख अडान राखेको उनले बताईन्  ।

विश्वका विकशित तथा औधोगिक राष्ट्रहरुले उत्र्सजन गरेको कार्वनले हिमाली जिल्ला मुस्ताङ त्यसको शिकार भईरहेको उनले सम्मेलनमा जनाएकी छिन् । जलवायुकै कारण माटोको सहर मुस्ताङमा असमान प्रकारको हिमपात र वर्षा हुँने गरेको सम्मेलनमा उनको भनाई छ । 

उनले वर्षानै नहुँने मुस्ताङमा वर्षा हुँदा ऐतिहाँसिक तथा धार्मिक महत्वका परम्परागत घरहरु र गुम्बाहरु संकटमा पर्न थालेको उनले बताएकी छिन् ।सेता हिमाल जलवायुकै कारण कालापत्थरमा परिणत हुन थालेको ,हिमपात फुट्ने,खानेपानी र सिचाई आदीका श्रोतहरु सुक्दै जाँदा वस्ती विस्थापित हुन पर्ने समस्या आई परेको स्पष्ट धारणा राखिन् ।

जलवायुकै कारण हिमाली क्षेत्रको तापमान वृद्धिले शाखा नदी र कालिगण्डकी नदीले मुस्ताङका दर्जनौं वस्ती उच्च जोखिममा परेको महिला अगुवा गुरुङको भनाई थियो । उनले कागबेनी बाढी प्रभावित क्षेत्रको प्रतिनिधित्व गर्दै जलवायु अन्तराष्ट्रिय कोप—२८ सम्मेलनमा भाग लिन पाएकोमा गौरान्वित महशुस गर्दै यसका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र दिगो विकास ईन्स्टिच्युडप्रति कृतज्ञता व्यक्त गरिन् ।

 सम्मेलनमा सहभागी गुरुङ मुस्ताङको वारागुङ—४ कागबेनीकी स्थायी बासिन्दा हुन् । विभिन्न संघसंस्था र सामाजिक क्षेत्रका क्रियाशील गुरुङलाई बाढी प्रभावित क्षेत्रको प्रतिनिधित्व गर्न दिगो विकास संस्था मार्फत दुबई पठाएको हो ।

संस्था त्यहाँ जलवायु परिवर्तनले नेपालमा परेको असरका साथै कागबेनी बाढी प्रभावित क्षेत्रको समेत प्रस्तुतीकरण गरेको थियो ।


प्रतिक्रिया